logo

रेडियो बीरगंजको बार्षिकोत्सव, २१ महिला सहित २६१ जना द्वारा रक्तदान

      12/5/2020 गते 00 00 मा प्रकाशित     1643   पटक पढिएको

मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जको १८ औं बर्ष पारगरी १९ औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

 

रेडियो परिसरमा आयोजित रक्तदान कार्यक्रममा २१ महिला सहित  २ सय ६१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्वर साह तेली, ओमप्रकाश शर्मा, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान जसपाका केन्द्रिय सदस्य राजेशमान सिह, शिव पटेल, नेजामोद्दिन समानी, सुरेन्द्र कुर्मी, नेपाली कांग्रेसका नेता श्याम पटेल, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, , नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर २ का अध्यक्ष फुल महम्मद मिया, तेली कल्याण समाजका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, संघिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष हरेन्द्र साह कानु, मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक सलाउद्दिन अहमद, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलका प्रतिनिधि रमेश सर्राफ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज युवा समाजका कमल चौगाई, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, दिलिप राज कार्की, राजन श्रीवास्तव, लालबाबु सिंह, जसपाका युवा नेता ईश्वर यादव, नेविसंघका पूर्व केन्द्रिय सदस्य वैकुण्ठ श्रीवास्तव,  ओम प्रकाश सर्राफ लगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा सहभागि हुन वाराबाट नेपाल तरुण दलका अध्यक्ष लोकेश सिंहको नेतृत्वमा उल्लेख्य संख्यामा मोटरसाईकल ¥याली सहित  युवाहरुको टोली रेडियो वीरगंजमा आएको थियो । रक्तदान कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल  रक्तदान गर्ने युवाहरुलाई लिएर वीरगंज आई पुग्नु भएको थियो । कार्यक्रममा आर्ट अफ लिभिङ्ग बीरगंजकी संचालिका सुधा थापा कार्कीले छोरी र छोरा सहित रक्तदान गर्नु भएको थियो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको सुजित पटेल, संदिप कुशवाहा, सुनिल कुमार साह, धिरेन्द्र झा, शेखर गुप्ता सहित एभरग्रिन इन्स्च्युट र प्रभु अस्पतालका नर्स तथा अहेवले प्राविधिक सहयोग पुर्याएका थिए ।

रक्तदान कार्यक्रममा किरण आखा अस्पतालले कार्यक्रम स्थलमै निशुल्क आखा परिक्षण शिवीरको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा नेपाल विहार रेडियो श्रोता संघको  उल्लेख्य सहभागिता रहेको थियो ।

यसैविच रक्तदान कार्यक्रमलाई समापन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष धु्रव साहले कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण स्रोता, विज्ञापन दाता, प्रायोजक शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले  आगामी दिनमा पनि रेडियो वीरगंजले सबैबाट माया पाउने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

साहले रेडियो वीरगंजको १८ औ बार्षिक उत्सवको अवसर पारेर टिभी बीरगंजको आगामी मंसिर २६ गते देखि नियमित प्रशारण शुरु हुने घोषणा गर्नु भयो । सोही दिन रेडियो बीरगंजको दोश्रो प्रस्तुति रेडियो पोखरीया १०५.८ मेगाहर्जको समेत नियमित प्रशारण शुरु हुने घोषणा गर्नु भयो । यसैगरी रेडियो वीरगंजकै भातृ संस्थाको रुपमा म्युजिकल एफएम १००.३ मेगाहर्जको परिक्षण प्रशारण पनि यसै बर्ष शुरु गरिने घोषणा गर्नुभयो ।

बिभिन्न समसामयिक, मनोरन्जनात्मक तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको रेडियो बीरगंजले श्रोता, विज्ञापन दाताहरुबाट आज सम्म पाएको माया आउँदा दिनमा पनि पाई रहने बिश्वास लिएको छ ।  रक्तदान कार्यक्रमको रेडियो वीरगंज र टिभी वीरगंजको साथ रेडियो पोखरीयाले प्रत्यक्ष प्रशारण गरेका थिए ।


रक्तदान कार्यक्रमलाई वीरगंज महानगरपािलकाले एफएम परिसर आसपास वृहत सरसफाई गरी सहयोग पुर्याएको थियो भने विना एग्रो इन्टरप्राईजेज, आयसर ट्याक्टर, एलएस न्युरो हस्पिटल, निरज इन्टरप्राईजेज, मंगलम डाईग्नोस्टिक सेन्टर, संजिविनी डाईग्नोस्टिक, साना फलफुल व्यवसायि संघ, एडिपिएल बदाम जुस, सुपर सेक्युरिटी सर्भिस, जगदीश टेन्ट हाउस लगायतले सहयोग गरेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.