logo

नेपाल मगर संघ बाराको भवन निर्माणको शिलान्यास 

      12/5/2020 गते 00 00 मा प्रकाशित     1247   पटक पढिएको

वीरगन्ज, २० मंसिर । नेपालको प्रथम शाहीद लखन थापा मगर संग्रहालय तथा नेपाल मगर संघ जिल्ला कार्यसमिति बाराको जिल्ला कार्यालय भवन निर्माणको शिलान्यास शनिबार भएको छ ।  

नेपाल मगर संघ बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा निर्माण गर्न लागेको भवनको नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष कमल पिठाकोटे मगरले शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगरले मगरहरु एकजुट हुन नसक्दा धर्म, संस्कृति र संस्कार समेत हराउने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

मगर समुदाय संगठित हुन नसक्दा राज्यले पनि विभेद गरेको बताउनुभयो । छरिएका मगरहरुले आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।

नेपाल मगर संघ बाराका अध्यक्ष यम बहादुर जर्घा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी महासंघ जिल्ला समन्वय समिति बाराका अध्यक्ष रामदास धौंजु, नेपाल मगर संघ प्रदेश नम्बर २ का सदस्य पूर्ण आले मगर, नेपाल मगर संघ महेन्द्रनगर ईकाई अध्यक्ष हस्ता बहादुर आले, कोल्हवी ईकाई अध्यक्ष मन बहादुर राना मगर, सिमरा ईकाई अध्यक्ष दिल बहादुर क्याप्छाकी, पथलैया अध्यक्ष यज्ञ आले, परिवर्तन अभियान नेपालका अध्यक्ष विष्णु ढुंगाना,  लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.