logo

माई टेलिभिजनद्वारा अन्तर बिद्यालय हाजीर जवाफ प्रतियोगिता संचालन

 इसीमाना सम्वाददाता     २०८१ भदौ १ गते ०८: २० मा प्रकाशित     642   पटक पढिएको

बीरगंज । पर्सा टेलिभिजन नेटर्वक प्रा.ली.ले संचालन गरेको माई टेलिभिजनले शनिवारबाट अन्तर बिद्यालय हाजीरी जवाफ प्रतियोगिता शुरु गरेको छ ।

 

मध्य तराईमा २४ बिद्यालयका बिद्यार्थी सहभागि हुने प्रतियोगिताको नेपाल पत्रकार महासंघका केन्द्रीय के.सी.लामिछानेले उक कार्यक्रमकावीच शुभारम्भ गरेका थिए ।


प्रत्येक हप्ता २ अंक निर्माण गरि प्रतियोगिता माई टेलिभिजनबाट पनि प्रशारण गरिने अध्यक्ष शैलेश कुशवाहाले जानकारी दिए ।

 

अन्तिम प्रतियेगिताका बिजेता बिद्यालयका बिद्यार्थीलाई आकर्षक पुरस्कारको समेत ब्यवस्था गरिएको टेलिभिजनका अध्यक्ष कुशवाहाले जानकारी दिए ।

 

कार्यक्रमको शुभारम्भ गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य लामिछानेले प्रतियोगिताले बिद्यार्थीको बौद्धिक बिकास ,ब्यक्तित्वको बिकास र नेतृत्वको निर्माण गर्ने बताए । उनले अतिरिक्त क्रियाकलापमा सहभागि बिद्यार्थीले सफलता पाउन सहज हुने बताए ।

 

उनले अध्ययन र प्रतियोगिता तथा अन्य कुनै छनौट सम्बन्धी परिक्षामा पनि हाजीर जवाफ प्रतियोगिताले बिशेष महत्व राख्ने बताए ।


कार्यक्रमको संचालन पत्रकार सूर्य शुभचिन्तकले गरेका थिए । कार्यक्रमको संयोजन मार्टिन मोक्तान ,युवराज केशरी बिकास जयसवाल लगायतले संयोजन गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.