चिसो बढेसंगै चिकित्सकले स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन । मध्यतराईमा एक्कासी चिसो बढेपछि चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन ।
यो बेलामा धूलो धूँवासँगै चिसोको संक्रमण अत्यधिक देखिँदा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने समस्या भएका बिरामीहरु बढने चिकित्सकको भनाई छ ।
स–साना बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका मानिसलाई अहिलेको समयमा बढी ध्यान दिनुपर्ने भन्दै चिकित्सकहरुले झोलिलो र ताजा खानेकुरामा जोड दिन सुझाव दिएका छन् ।
हुस्सो र शितलहरको कारण चिसो बढ्दै गएपछि बालबालिकामा निमोनिया र बृद्धाहरुमा दम खोकीको असर देखा पर्न सक्ने भएकोले घरभित्रै सुरक्षति बस्न चिकित्सकहरुले सुझाव दिएका हुन ।
बिहान बेलुका र रातको समयसँगै दिउँसोपख पनि चिसो बढेको हो । केही दिनदेखि मध्यतराईका जिल्लाको मौसम राम्रोसँग उघ्रिएको छैन् । बिहान हुस्सु लागिरहेर यस क्षेत्रमा घाम लागेको छैन बुधवार घाम पनि लागेन दिनभरि हुस्सु लागिरह्यो ।
बिहान–बेलुका शीत झरेर हुस्सु लाग्ने र रातको समयमा चिसो हावा चल्दा गरिब तथा दलित बस्तिका बासिन्दा थप समस्यामा परेका छन ।
तपाईको प्रतिक्रिया