logo

महिलाको नेतृत्वमा सखीखवर.कम प्रकाशनमा, एक कार्यक्रमकावीच भयो प्रारम्भ

 इसीमाना सम्बाददाता      २०८१ भदौ ६ गते १७: ५३ मा प्रकाशित     555   पटक पढिएको

बीरगंज । महिलाहरुको नेतृत्व र सहभागितामा संचालनमा आएको समाचार पोर्टल सखीखबर.कमको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिद्धाने एक कार्यक्रमकावीच प्रारम्भ गरेका छन ।

 नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेले ल्यापटपमा इन्टर बटम थिची उक्त अनलाइन पत्रिका प्रारम्भ गरेका हुन् ।सखी, महिलाको साथी संस्थाद्वारा सखीखबर डट कम अनलाइन पत्रिका प्रकाशनमा आएको हो ।

May be an image of 7 people and text
बाराको फेटा गाउँपालिकाको भलुहीको बगैचा कटेजमा कार्यक्रमको आयोजना गरिएको थियो ।

महिलाको नेतृत्वमा संचालीत सखीखबर.कमलाई महिलाहरुको सशक्तिकरण र सीप बिकासकालागि उपयोग गर्नु पर्ने केन्द्रीय सदस्य लामिछानेले बताए ।

 उनले महिलाका बिषयमा सृजनात्मक रुपमा कलम चलाउने र महिलाको बिषयमा पहिचान स्थापित हुने गरि काम गर्न समेत सुझाव दिए ।

 उनले पत्रकारिता भित्र मौलाउदै गएको बिकृति र बिसंगतीको कुप्रभावबाट मुक्त हुन आग्रह गरे ।

कार्यक्रमका सहभागी वक्ताहरुले पत्रकारितामा गरिएको गलत अभ्यासको बारेमा उठाएका प्रश्नहरु गम्भिर रहेको बताउदै उनले पत्रकारलाई पत्रकारिताको मर्म अनुसारको पत्रकारिता गर्न आग्रह गरे ।

May be an image of 7 people, table and text

लामिछानेले पत्रकारिता राष्ट्रको चौथो अंग रहेको तथा पत्रकार व्यतिmगत लाभको लागि नभई सदैव सम्पुर्ण समाजको लागि समर्पित हुनुपर्नेमा जोड दिए ।

 
उनले भने , “हामी राज्यको चौथोको अंग हो तर राज्यको दाना पानी नखाई समाजको लागि न्यायको पक्षमा लाग्छौाँ ।

 एउटा डाक्टरले एउटा मान्छे उपचारको क्रममा मार्यो भने एउटा परिवार र आफन्तलाई पिडा हुन्छ तर हामीले समाचार विगार्यो भने समग्र समाजलाई नै असर गर्छ ।

 त्यसैले पिडामा परेकोलाई न्याय दिलाउने , आवाजविहीनको आवाज बनिदिने र समाजका सरोकार राख्ने विषयवस्तु उठान गरी सकारात्मक पहलको लागि बाटो खोलिदिने भुमीका हाम्रो हो ।

”उनले सत्यतथ्य समाचार सम्प्रेषण गर्न जोड दिएका थिए ।

May be an image of 7 people and temple

सखीखबर डट कम अनलाइनकी उपाध्यक्ष रेनु कुमारी कुश्वाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जयसवाल , पत्रकार उमेश दुवे , फेटा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष आयुब अंसारी , फेटा वडा नम्बर २ का वडा अध्यक्ष नरेश प्रसाद , वडा नम्बर १ का पुर्व वडा अध्यक्ष जयप्रकाश दास,माओवादी केन्द्रका युवा नेता मुकेश साह , जनमत पार्टिकका केन्द्रिय सदस्य तथा वनपैदावार समितिका बारा अध्यक्ष सुरेश साह , विवेकशिल साझा पार्टिका जिल्ला अध्यक्ष डा.शुसिल साह , युवा संघका बारा जिल्ला अध्यक्ष सदाम अंसारी , श्री गढीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैया बाराका अध्यक्ष रामएकवाल साह, लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

सखी महिलाको साथी संस्थाकी सदस्य पुजा कुश्वाहाले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने कार्यक्रममा सहजिकरण सखी संस्थाका कार्यक्रम संयोजक राजेश कुशवाहाले गरेका थिए । कार्यक्रम संचालन पत्रकार माधुरी महतोले गरेकी थिईन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.