राजविराज । जंगली जनावर चोरी शिकारीको आरोपमा पूर्व डीआइजी ज्ञानविक्रम शाह सहित १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने पनि छन । उनी बिराटनगर ३ का स्थायी बासिन्दा हुन ।
प्रहरीले बुधबार मध्यराति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हनुमाननगर कंकालिनी नगरपालिका ८ घर भएका पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, तिरहुत–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ का
जर्नादन राउत, इटहरी–२ का प्रदीप लिम्बु, राजविराज–७ का रविन दासलाई समेत पक्राउ परेका छन् ।
यस्तै हनुमाननगर कंकालनी नगरपालिका–५ का ओमशंकर प्रसैला, वडा नं १ का लक्ष्मण मण्डल, वडा नम्बर–३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको छ ।
प्रहरीले उनीहरुको साथवाट २२ क्यालिबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउण्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको छ ।
यस्तै मारिएको बँदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्रयाक्टर र प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको छ । सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
तपाईको प्रतिक्रिया