ठोरी गाउँपालिकाको वडा नं १ मा रहेको सीता गुफामा रामसीताको बिवाह उत्सव मनाइने भएको छ । रामजन्मभूमी क्षेत्र बिकास समिति र सीता गुफा पूजा समितिको आयोजनामा बिवाह महोत्सवको आयोजना गर्न लागिएको हो ।
बिवाह पंचमीको अवसरमा पुष ४ गते राम सीताको बिवाह महोत्सव बनाउन लागिएको स्थानीयले बताएका छन ।
विगत केही वर्षदेखि सीता गुफामा विवाह पंचमीको दिन र राम नवमीको दिन धार्मिक अनुष्ठान संचालन हुँदै आइरहेको छ।
गत असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री के. पि .शर्मा ओलीले त्रेता युगका मर्यादापुरुषोत्तम भगवान रामचन्द्रको जन्म ठोरी आसपासमै भएको भन्ने वक्तव्य दिएसँगै ठोरी बिशेष चर्चामा रहेको छ । ठोरीका मन्दीरहरुमा बिभिन्न अनुष्ठानहरुमा हुदै आएको छ ।
प्रधानमंत्री ओलीको भनाई पछि त्यस क्षेत्रका नागरिकमा छुटै उत्साह समेत संचार भएको छ । ठोरीवासीले पनि प्रधानमन्त्री ओलीको वक्तव्यको स्वागत गर्दै रामको जन्म ठोरीमै भएको हो भन्ने विभिन्न प्रमाणिक तर्कहरु प्रस्तुत गर्दै आइरहेका छ्न् ।
तपाईको प्रतिक्रिया