logo

मानवीय सहायता सम्बन्धी मापदण्डका बारेमा पटेर्वा सुगौलीमा छलफल सम्पन्न

      12/16/2020 गते 00 00 मा प्रकाशित     766   पटक पढिएको

पटेर्वा सुगौलीम मानवीय सहायता सम्बन्धी एक दिने आधारभूत तालिम सम्पनन भएको छ । तालिममा मानविय सहायता मापदण्डका बिषयमा छलफल भएको वडा नं २ का अध्यक्ष बिजय गैरेले बताउनु भयो । 


कार्यक्रममा बिपदको ब्यवस्थापनको बिषयमा छलफल भएको थियो । बिपद आउनु पूर्वको तयारी बिपदमा गर्नु काम र बिपद पछिको अवस्थामा पु¥याउनु पर्ने सहयोगका सम्बन्धमा तालिममा छलफल भएको थियो । 


कार्यक्रममा राहत वितरण, विपन्नको विवरण छनौट तथा वितरणको निमावली बारे प्रशिक्षण दिइएको थियो ।

पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ममता महतो,प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र प्रसाद यादव, दिब्य युवा कल्बका रामाकान्त पटेल, वडा अध्यक्षहरु फरमान मिया,विजय गैरे,माधव राउत,राजेश्वर महतो,मोतिलाल साह लगायतको उपस्थिती रहेको थियो ।

 

पटेर्वा सुगौली गाउँपालिकाको आयोजना तथा एक्सन एड नेपाल र दिब्य युवा क्लब पर्साको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका सहभागीहरुलाई  राम कुमार दहालले प्रशिक्षण दिनु भएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.