रामेछापको मन्थलीमा माट्रिका आई फाण्डेशनको सहयोगमा निशुल्क नेत्र शल्यक्रिया सम्पन्न भएको छ । गत मंगलवार मन्थलीको वडा नं १ शुभम पोक्लिनीकमा ४१ जनाको निशुल्क शल्यक्रिया भएको हो । बिश्वका उत्कृष्ट नेत्र चिकित्सक सर्जन डा. किशोरराज प्रधानले शल्यक्रिया गर्नु भएको हो ।
बेलायतको लण्डन भिजन क्लिनीकको आर्थिक सहयोगमा संचालीत शल्यक क्रिायमा मन्थली बाहेकका नागरिकले पनि सेवा लिएका थिए ।
कार्यक्रमा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको सहभागिता रहेको थियो । उहाँले फाउण्डेशनले दृष्टि फर्काउने महान काम गरेको भन्दै शल्यक्रिया आयोजनाको प्रसंशा गर्नु भएको थियो ।
शल्यक्रिया गरिएका नागरिकहरुकोलागि खाना खाजाको ब्यवस्था रामेछापकै अग्रणी संस्था रासमले गरेको थियो । आउने दिनमा पनि शल्यक्रियाको सेवा मार्फत नागरिकलाई सेवादिइने र कार्यक्रमलाई अन्य नगरपालिका तथा गाउँपालिकामा बिस्तार गरिने फाउण्डेशनका मेडिकल संयोजक महेशसिंह धामीले बताउनु भयो ।
तपाईको प्रतिक्रिया