logo

शिक्षक दरबन्दी मिलानमा पठनपाठन प्रभावित हुनुहुदैनः मेयर सरावगी

      12/17/2020 गते 00 00 मा प्रकाशित     1175   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले विद्यार्थीहरको पठनपाठनमा प्रभाव पर्ने गरी दरवबन्दी मिलान नहुने बताउनु भएको छ ।

 

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ चिनिमील आवासक्षेत्र स्थित सिद्धार्थ माध्यामि विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख सरावगीले महानगरपालिकाले शिक्षक दरवन्दीको मिलान गरेर पर्सा जिल्लामा  एउटा ऐतिहासिक काम भएको दावी गर्नुभएको छ ।

 

यसले ग्रामीण क्षेत्रका विद्यालयहरुमा समेत पठनपाठनको लागि शिक्षकको व्यावस्थापनमा सहयोग पुगेको उहाँको भनाई छ । शिक्षक शिक्षिकाहरुको समस्याको बारेमा पनि आवश्यक सम्बोधन गरिने उहाँले बताउनु भयो  ।

 

विद्यालयको पठन पाठन विग्रिने गरी दरबन्दी कायम नगरिने बताउदै नगरप्रमुख सरावगीले जहाँ बढी दरबन्दी काटिएको छ  त्यहाँ उचित व्यावस्थापन गरिने र त्यसको लागि प्रधानाध्यापकले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

 

सिद्धार्थ माध्यामि विद्यालयमा निर्माण हुन लागेको चारकोठे भवनको शिलान्यास गर्दै नगर प्रमुख सरावगीले यसअघि निर्माण सम्पन्न भएको तीनतले भवनमाथि दाताको सहयोगमा चारवटा कोठ  थप गर्ने जानकारी दिनुभयो ।

 

थपिने भवनको दुईकोठामा कक्षा कोठा र दुईवटा कम्प्युटर र विज्ञान प्रयोगशालाको लागि प्रयोग गरिने बताउनुभयो । उद्योगी राजु गाडियाको सहयोगमा पनि भवन निर्माण हुने वीरगन्ज महानगरपालिपकाकाले पनि थप चारवटा कोठमा बनाउने बताउनुभयो । शिलान्यास गरिएको भवन निर्माण सम्पन्न भएपछि बीचको पूरानो भवन भत्काउने र खेल मैदान बनाउने उहाँले बताउनुभयो ।

 

विद्यालयको आम्दानीको लागि अगाडि सडकतर्फ सटर बनाईने  र यसले विद्यालयको आयस्रोत पनि हुने उहाँको भनाई थियो । आउने दिनहरुमा  साधन स्रोतहरु आवश्यकता अनुसार उपलब्ध गराईने नगर प्रमुख सरावगीले बताउनुभयो ।

 

वीरगन्जका उद्योगी व्यावसायीहरुलाई विद्यालयको पूर्वाधार विकासमा सहयोग पाउनकै लागि आग्रह गरेर व्यावस्थापन समितिमा राखिएको बताउदै अब प्राविधिक विद्यालय र कलेजको पनि स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

 

पूरानो आठकोठाको भवन पनि जीर्ण अवस्थामा रहेकोले त्यसलाई पनि पुर्ननिर्माण गर्न सकियो भने पर्याप्त पूर्वाधार हुने नगर प्रमुख सरावगीले बताउनुभयो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विरेन्द्र संघाईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.