logo

घटनाको संकलमा गहिरोसंग लाग्न इन्सेकलाई अध्यक्ष चौहानको सुझाव

      12/24/2020 गते 00 00 मा प्रकाशित     933   पटक पढिएको

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले मानव अधिकारको उल्लंघनको बिषयलाई सार्वजनीक गरेर राज्यलाई जिममेवार र जवाफदेह बनाउने काममा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । 
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्साले वर्ष २०२१ कालागि संकलन गरेको मानव अधिकार उल्लंघन सम्बन्धी घटनाका बिषयमा बीरगंजमा आयोजना गरेको प्रकाशन पूर्वको समिक्षा गोष्ठीमा उहाँले यस्तो बताउनु भएको हो । 


उहाँले दण्डहिनता बढेको भन्दै चिन्ता समेत ब्यक्त गर्नु भयो । मानव अधिकार घना उल्लंघन हुदा मानव अधिकार वर्ष पुस्तकमा नाम प्रकाशन हुदा पहिलाका प्रहरी कर्मचारीमा चिन्ता देखिन्थ्यो अहिले  त्यस्तो नदेखिएको भन्दै घटनाको संकलनमा अझै बढी गहिरोसंग लाग्नु पर्ने सुझाव दिनु भयो । 


कार्यक्रममा पर्साका निमित्त एसपी ओमप्रकाश खनालले नेपाल प्रहरी मानव अधिकारको संरक्षण र प्रर्वद्धन प्रति प्रतिवद्ध र।हेको बताउनु भयो । अहिले पनि मानव अधिकारको बिषयमा प्रहरी सम्बेदनशिल रहेको बताउदै मानव अधिकार प्रतिको सम्मान र समर्पण प्रहरीको करियरसंग पनि जोडिएको बताउनु भयो । उहाँले प्रहरीले  पीडामा परेकाहरुकोलागि काम गर्ने बताउदै धेरै बिषयमा काम गर्ने भएकोले कमजोरी हुनु सक्ने स्वीकार गर्दै सकारात्मक आलोचनाको अपेक्षा सदैव गरिने बताउनु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले इन्सेकले मानव अधिकार वर्ष पुस्तक निकालेर सामाजिक न्याय र मानव अधिकारको पक्षमा राम्रो भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले पत्रकार आफै पनि पहिलो पंक्तिको मानव अधिकार रक्षक भएको बताउदै पत्रकारहरुले आफनो भूमिका झनै प्रभावकारी बनाउनु पर्ने सुझाव दिनु भयो ।


मानव अधिकार निगारनी समुह पर्साका संयोजक तवरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मानव अधिकार संगठन पर्सा सचिव शिवनाथ यादवले मानव अधिकार उल्लंघनको बिषयमा राज्य जिम्मेवार हुनु पनेृ बताउनु भयो । उहाँले मानव अधिकारको संरक्षण र प्रर्वद्धनमा राज्यको प्रथामिकता रहनु पनेृ बताउदै न्यायमा आम मान्छेको पहुच स्थापित हुनु पर्नेमा जोड दिनु भयो । 


कार्यक्रममा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले पर्सा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 


पर्सामा १८ वर्ष मुनिका बालिका बलात्कारका ३१  अप्राकृतिक मैथुनका २ ,१८ वर्ष भन्दा माथिका महिला बलात्कारका ७,बलात्कार प्रयासका ३,बाल यौन दूब्र्यवहारका ६ कर्तब्य ज्यानका १२ बोक्सी आरोप १ राज्यबाट दूब्र्यवहारका ४ मानव बेचबिखनका १ र बहुविहारको १ घटना भएको बताउनु भयो । बलात्कारका घटनाहरु गाउँ घरमै मिलाउने प्रचलनका कारण कतिपय घटनाहरु गाउँघरमै मिल्ने गरेको उहाँले बताउनु भयो । 
कार्यक्रममा सामाजिक कार्यकर्ता अशमोहीनी चौधरी, पत्रकारहरु अलिअसगर देवान, महेशचन्द्र गौतक, तुलसी भण्डारी श्रीराम रायमाझि लगायतले बिभिन्न जिज्ञासा राख्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.