उपभोक्ताको हित बिपरित हुने गरि संचालनमा रहेका बिभिन्न ब्यवसायीक प्रतिष्ठानहरुलाई बजार अनुगमन टोलीले दण्डीत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको नेतुत्वमा गएको अनुगमन टोलीले उनीहरुलाई दण्डीत गरेको हो ।
अनुगमन गर्ने क्रममा बिरगंज महानगर पालिका वडा न.६ को ६ नम्बर गेट स्थित माबनारसि ईन्टरप्राईजेजले बिल बिजक नदेखाएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम २० हजार रुपैया जरिवाना गरिएको छ । सोही ठाउको श्री शोभा ट्रेडर्सलाई पनि २० हजार , वडा न.१० घडिअर्वा स्थित शिमी आयुर्वेदिक फार्मेसीलाई रु ५ हजार , एन . यु. ट्रेडिङ्गलाई ५ हजार , वडा न.१० पानमन्डी स्थित एच. एम. ट्रेडर्सलाई ५ हजार ( ,जयमा दुर्गा किराना स्टोरलाई १० हजार र देबि किराना पसललाई ५ हजार जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीले जानकारी दिनुभयो ।
संयुक्त अनुगमन टोलिमा बाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका जित बहादुर भन्डारी , सुचना अधिकारी दिलिप खङ्ग , नायब सुब्बा रामप्रबेश यादव , उपभोक्ता हित संरक्षण मञ्च बीरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल , कन्ज्युमर आई नेपालका रन्जु फुयाल , बीरगंज उद्योग बाणिज्य सघका मनोज कुमार दास , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरीक्षक रामदरश यादव , नेपाल पत्रकार महासघ पर्साका आरके पटेल , सन्चारकर्मी अर्जुन गुप्ताको सहभागिता रहेको थियो ।
अनुगमन गर्ने क्रममा पसलेहरुले बिल बिजक र अन्य कागजातहरु नदेखाएर असहयोग गरेकोले तत्काल जरिवाना गरिएको थियो । उक्त जरिवाना रकम ७ दिन भित्र जम्मा गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा का सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी गराउनु भयो ।
तपाईको प्रतिक्रिया