logo

चित्रान्स युवा समितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

      12/26/2020 गते 00 00 मा प्रकाशित     946   पटक पढिएको

 चित्रगुप्त समिति बीरगंजद्वारा कायस्थ युवाहरुको संगठन  चित्रान्स युवा समितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ  ।

हाल कोरोना रोगको संक्रमण सहित बढ्दो जाडोको कारण रक्तदान कार्यक्रममा कमी भएको हुदा रक्तसञ्चार केन्द्रलाइ बिरामीहरुलाइ रगत बितरणमा कठिनाइ भएको हुँदा रक्तसञ्चार केन्द्रकै समन्वयमा  आकस्मिक रक्तदान कार्यक्रम गरिएको  कार्यक्रम संयोजक राजन श्रीवास्तवले जानकारी दिनु भयो ।

आकस्मिक रक्तदान कार्यक्रमको प्रमुख अतिथि  बीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, बिशिस्ट अतिथि  चित्रगुप्त समितिका अध्यक्ष महेस दास, नेपाल नेत्रज्योती संघका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, पत्रकार महासघका अध्यक्ष श्याम बन्जारा, नारायणी अस्पतालका अध्यक्ष पुरेन्द्र किसोर लाभ, चित्रान्स युवा समितिका राजन श्रीवास्तवले रक्तदान गर्ने रक्तदातालाइ रक्तसन्कलन गर्ने ब्याग हस्तान्तरण गरि कार्यक्रमको उदघाटन गरेका थिए ।

कार्यक्रममा महानगरप्रमुख सरावगीले  जीवनको सबै भन्दा ठूलो दान रक्तदान रहेको चर्चा गर्दै रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।  कार्यक्रममा रितिक श्रीवास्तव, रश्मि कायस्थ, राहुल श्रीवास्तव, मिना चौरासीया, मिनु मानन्धर, रोहित बिक्रम टनटन, बैकुण्ठ श्रीवास्तव, रतन सरार्फ, लिसा कर्ण, प्रतिभा कर्ण, साक्षी श्रीवास्तव, स्वेता शिह, अदिती सिह, रयान कायस्थ, सुमित आनन्द, प्रबल खड्का, चन्दन श्रीवास्तव, खुस्बु यादव, निलम कर्ण, सुश्मिता श्रीवास्तव, सोनु कलवार लगायत ११ महिला सहित ५१ जनाले आकस्मिक रक्तदान गरेका हुन भने रक्तदान गर्नेलाई फुलको माला, कदरपत्र र मधुशाला खाजा घरको २० छुट्को कुपन सहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रहरि उपरीक्षक गङा पन्त, नेपाली काङ्ग्रेसका जिल्ला सभापति अजय दुबेदी, युवा नेता बैकुण्ठ श्रीवास्तव, डाक्टर लक्ष्मी थापा, डाक्टर आलोक दत्त, प्रहरी निरीक्षक राजेसराज पुरी, दिपक शाह, सुमन कार्की, समितिका प्रभु नारायण कर्ण, कमलेस दत्त, प्रभाकर गुप्ता, दिलिप कार्की, मनोज शाह, बिबेक कर्ण, अंंकिता कर्ण, शितल कर्ण, प्रभात श्रीवास्तव लगायतको सभागिता रहेको थियो भने रक्तसञ्चार केन्द्रका प्राबिधिक धिरेन्द्र झाको टोलिले प्राबिधिक सहयोग गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.