logo

लैंगिक हिंसा न्यूनीकरण एवं पीडित सहायताकालागि बीरगंज महानगरले दियो पाँच लाख

      12/26/2020 गते 00 00 मा प्रकाशित     1071   पटक पढिएको

लैगिङ हिंसामा परेका महिलाहरुको सहयोगार्थ पहिलो पटक कोष स्थापनाका लागि पहल शुरु भएको छ । हिंसामा परेका महिलाहरुको पुर्नस्थापनामा आर्थिक अभाव भएको र लैंगिक हिंसा न्यूनिकरणकामा चुनौती देखिएपछि लैंगिक हिंसा न्यूनीकरण एवं पीडित सहायताको एकीकृत प्रयासको थालनी भएको हो ।

 

वीरगन्जमा शनिबार आयोजना गरेको ‘लैंगिक हिंसा न्यूनीकरण एवं पीडित सहायता एकीकृत प्रयासको अपरिहार्यता’ विषयक दुईतहका सरकारसँगको गोष्ठीमा वीरगन्ज महानगरपालिकाले लैंगिक हिंसा न्यूनिकरण जिल्ला सञ्जाल समितिको कोषमा ५ लाख रुपैंया नगद हस्तान्तरण गरेको छ ।

 

महानगरपालिकाका मेयर विजय कुमार सरावगीले समितिकी संयोजक जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तलाई पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

 

 

मेयर विजय कुमार सरावगीले अहिले व्यावस्थापनको लागि कोषमा पाँच लाख रुपैया हस्तान्तरण गरेको बताउदै एकीकृत सहायता केन्द्र स्थापनाका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराईदिने र त्यसमा संघ र प्रदेश सरकारले भवन निर्माण गरिदिनुपर्ने बताउनु भयो । त्यसको व्यावस्थापनको पाटो भने स्थानीय तहले गर्नुपर्ने उहाँको भनाई थियो।  

 

नगरप्रमुख जनकल्याणकारी योजनाको बक्ति जडान


 वीरगन्ज माहानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीको जनकल्याणकारी योजना अन्तर्गत शुरु गरिएको उज्यालो वीरगंज अभियानले तीब्रता पाएको छ ।

 

अभियान अन्तर्गत शनिबार वीरगन्ज महानगरपालिकाको घण्टाघर चोकदेखि पावरहाउस चोक सम्म मुख्य सडकमा बत्ति जडान गरिएको छ ।

 

वीरगन्ज महानगरपालिका क्षेत्रलाई उज्यालो राख्ने अभियान अन्तर्गत महानगर प्रमुख सरावगीको जनकल्याणकारी कोषबाट बत्ति जडान शुरु गरिएको हो । नगर प्रमुख सरावगीले विभिन्न स्थानमा टावर लाईटको पनि जडान गरेका छन् ।

 

अहिले मुख्य सडकमा बत्ति जडान गरिएको महानगर प्रमुखको सचिवालयले जनाएको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.