logo

भोलेण्टियर समूहद्वारा डाक्टर नीरा पाठकको विदाई तथा सम्मान 

      12/28/2020 गते 00 00 मा प्रकाशित     1010   पटक पढिएको

वीरगन्ज, १३ पुस । भोलेन्टियर समूह बिरगंजद्वारा नारायणी अस्पतालका कन्सल्ट्याण्ट प्याथोलोजिष्ट डा. निरा पाठकलाई सम्मान  गरेको छ ।  बिरगंजमा कोरोना महामारीको आरम्भ समयदेखि नै  जोखिमपूर्ण घडिमा अग्रपंक्तिमा रहेर पिसिआर ल्याबको सन्चालनमा अविस्मरणीय एवम अतुलनीय भुमिका निर्वाह गर्नुभएका कन्सल्ट्याण्ट प्याथोलोजिष्ट डा. निरा पाठकलाई एक कार्यक्रम बीच आज  सम्मान गरेको हो ।

बिरगंजको होटल कन्ट्रि ईनमा (आज) सोमबार भोलेन्टियर समुह बिरगंजका संयोजक राजन श्रीवास्तवको अध्यक्षतामा भएको सम्मान कार्यक्रमका प्रमुख अतिथि पर्सा प्रहरीका प्रहरी उपरीक्षक गङ्गा पन्तले  डा. निरा पाठकलाई अबिर फुलमाला र सम्मान–पत्र दिएर सम्मान गर्नु भएको थियो । होटेल तथा पर्यटन  व्यवसायी सघ पर्साका अध्यक्ष हरि पन्तले मायाको चिनो दिएर सम्मान गर्नु भएको थियो ।

त्यसैगरि प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगर, होटल तथा पर्यटन व्यवसायी सघ पर्साका बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, पत्रकार सुरेश बिडारी लगायत भोलेन्टियर समुहका टिमले अबिर लगाई डा. पाठकको सफल कार्यको लागि  शुभकामना दिएका थिए ।

सम्मान कार्यक्रममा जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर, हेमा थापा मानन्धर, शिवनाथ यादव, सन्चारकर्मी अजित भुजेल, कबिता खड्का लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन मन्तव्य हरि पन्त र कार्यक्रमको  सहजीकरण रायन कायस्थले गर्नुभएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.