logo

जगरनाथपुरका मोतीविन्दुका बिरामीहरुको शल्यक्रिया शुरु , महानगर प्रमुखद्वारा बाँधको निरिक्षण

      12/28/2020 गते 00 00 मा प्रकाशित     1052   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आर्थिक सहयोग र माट्रिका आइ फाउन्डेसनको प्राविधिक सहयोगमा निःशुल्क आँखाको अप्रेसन (शल्यक्रिया ) शुरु भएको छ ।

सोमबार जगरनाथपुर गाउँपालिकाका मोतिबिन्दुका बिरामीहरुको आँखाको निःशुल्क अप्रेसन शुरु भएको हो । माट्रिका आई फाउण्डेशनमा नगर प्रमुख सरावगीको प्रत्यक्ष निगरानीमा शल्यक्रिया शुरु गरिएको हो ।

सोमबारदेखि शुरु भएको शल्यक्रियाको मेयर सरावगी आफै उपस्थित भएर शल्यक्रिया गराएका बिरामीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो । 


वीरगन्ज महानगर वडा नमबर ३० मा चार किलोमिटर बाँध निर्माण 


वीरगन्ज महानगरपालिका वडा नम्बर–३० लालपार्सामा चार किलोमिटर बाँध निर्माण गरिएको छ ।

 

वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३० को प्रसोतिपुरमा भेडाहा खोलाको बाढीले कटान गरेर बर्सेनी खेतमा लगाएको बाली क्षति गर्ने गरेको थियो ।

 

बाढी प्रभावित क्षेत्र र नदिले कटान गरेर क्षति पु¥याएपछि स्थानीयको आग्रहमा नगरप्रमुख बिजय कुमार सरावगीले नगरस्तरीय बजेटबाट करिब चार (४) किलो मिटर बाँधको निर्माण गराउनु भएको हो । निर्माण गरिएको बाँधको सोमबार महानगर प्रमुख सरावगी सहितको टोलीले स्थलगत निरिक्षण गरेको छ  ।

 

सोमबार बिहानै नगरप्रमुख सरावगी, योजना माहाशाखा प्रमुख सुमन श्रेष्ठ, ईन्जिनियर तथा प्राविधिक लागायतका टोलीले स्थलगत रुपमा निरीक्षण गरेका हुन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.