logo

जगरनाथपुरका मोतीविन्दुका बिरामीहरुको शल्यक्रिया शुरु , महानगर प्रमुखद्वारा बाँधको निरिक्षण

      12/28/2020 गते 00 00 मा प्रकाशित     645   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आर्थिक सहयोग र माट्रिका आइ फाउन्डेसनको प्राविधिक सहयोगमा निःशुल्क आँखाको अप्रेसन (शल्यक्रिया ) शुरु भएको छ ।

सोमबार जगरनाथपुर गाउँपालिकाका मोतिबिन्दुका बिरामीहरुको आँखाको निःशुल्क अप्रेसन शुरु भएको हो । माट्रिका आई फाउण्डेशनमा नगर प्रमुख सरावगीको प्रत्यक्ष निगरानीमा शल्यक्रिया शुरु गरिएको हो ।

सोमबारदेखि शुरु भएको शल्यक्रियाको मेयर सरावगी आफै उपस्थित भएर शल्यक्रिया गराएका बिरामीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो । 


वीरगन्ज महानगर वडा नमबर ३० मा चार किलोमिटर बाँध निर्माण 


वीरगन्ज महानगरपालिका वडा नम्बर–३० लालपार्सामा चार किलोमिटर बाँध निर्माण गरिएको छ ।

 

वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३० को प्रसोतिपुरमा भेडाहा खोलाको बाढीले कटान गरेर बर्सेनी खेतमा लगाएको बाली क्षति गर्ने गरेको थियो ।

 

बाढी प्रभावित क्षेत्र र नदिले कटान गरेर क्षति पु¥याएपछि स्थानीयको आग्रहमा नगरप्रमुख बिजय कुमार सरावगीले नगरस्तरीय बजेटबाट करिब चार (४) किलो मिटर बाँधको निर्माण गराउनु भएको हो । निर्माण गरिएको बाँधको सोमबार महानगर प्रमुख सरावगी सहितको टोलीले स्थलगत निरिक्षण गरेको छ  ।

 

सोमबार बिहानै नगरप्रमुख सरावगी, योजना माहाशाखा प्रमुख सुमन श्रेष्ठ, ईन्जिनियर तथा प्राविधिक लागायतका टोलीले स्थलगत रुपमा निरीक्षण गरेका हुन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.