बि.पि. कोईराला स्कूल अफ पब्लिक पोलिसी पर्साद्वारा आकस्मिक रक्तदान सम्पन्न भएको छ । कार्यक्रममा ३ महिला सहित ५५ जनाले गरे रक्तदान गरेका छन।
बीरगंजका युव उद्यमी नवनित अग्रवालको बिशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको आयोजकले बताएका छन । बीरगंजको रक्त संचार केन्द्रमा रगतको अभाव भएपद्धिछन बि.पि. कोईराला स्कुल अफ पब्लिक पोलिसीले रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष अभय कर्णले जानकारी दिनु भयो ।
रगतको अभाव भए सङ्गै कसैले पनि रगतको कारण अकालमा ज्यान गुमाउन नपरोस भन्दै बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी पर्साले शनिबार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
बिरगंजको घन्टाघरमा शनिबार भएको रक्तदान मा ३ महिला सहित ५५ जनाले रक्तदान गरेका थिए ।
बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी पर्साका अध्यक्ष अभय कर्णको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि बिरगंज उद्योग बाणिज्य संघका सदस्य नवनित अग्रवाल रहनु भएको थियो ।
रक्तदान गर्नुहुनेमा रानी साह , कुशुम कुश्वाहा , रानी कुमारी , प्रताप सिंह ठकुरी ,सुरज गुप्ता , सत्यम कर्ण, अरुण कुमार कुश्वाह , लालबाबु कर्ण, लक्ष्मण महतो , सागर थापा, सन्तोष दाहाल , कुन्दन कुमार साह, नरेन्द्र गिरि, सन्तोष राय यादव ,प्रभात कुमार सिंह , हरिनारायण यादव , उपेन्द्र चौरसिया, गुरदिप सिंह , कुशुम कुस्वाह , आशिष कुमार गुप्ता , अमित आलोक , बिजय कुमार यादव , प्रकाश सरार्फ, त्रिलोकि साह लगायत रहेका छन ।
रक्तदान कार्यक्रममा नेबिसघ पर्साका पूर्व अध्यक्ष राकेश यादव , नेबिसघ पर्साका सभापति बिकाश तिवारी , नेबि संघका उपाध्यक्ष साबिर हुसेन , नेबिसंघका शेष हजरा , ठाकुर राम क्याम्पस ईकाई सभापति मनोज साह , प्रवक्ता केशव राज मिश्र, बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी पर्साका उपाध्यक्ष अमित कर्ण, मनिष यादव, रेडक्रस सोसाइटीका राजन श्रीवास्तव लगायतकाको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया