logo

मोतिबिन्दुको अप्रेशन अभियान जारी, महानगरले उपलब्ध गरायो औषधी

      1/4/2021 गते 00 00 मा प्रकाशित     778   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आर्थिक सहयोग तथा माट्रिका आई फाउण्डेशनको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा शिविर र उपचार अभियान जारी रहेको छ ।

 

अभियान अन्तर्गत सोमबार पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–६ चैनपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा पहिचान गरिएका मोतिबिन्दुका बिरामीहरुको आँखाको निःशुल्क अप्रेशन (शल्यक्रिया ) नगरप्रमुख सरावगीको सहयोगमा हुने उहाँको सचिवालयले जनाएको छ ।

 

वीररगंज महानगर प्रमुख सरावगीले उदघाटन गर्नुभएको शिविरमा जनता समाजबादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव सहित स्थानीय नेता कार्यकर्ताको पनि सहभागिता रहेको थियो । यसैबीच वीरगन्ज महानगरपालिकाका भित्र निःशुल्क आँखा परीक्षणका लागि महानगरपालिकाले माट्रिका आई फाउण्डेशनलाई औषधि समेत उपलब्ध गराएको छ ।

 

महानगरपालिकाका नगर प्रमुख सरावगीले महानगरका स्वास्थ्य महाशाखाका अहेब जाहिर आलम मार्फत एकहजार पाँचसय ५३ फाईल आँखामा लाउने औषधि उपलब्ध गराएको माट्रिका आई फाउण्डेशनका मेडिकल कोअर्डिनेटर महेश सिंह धामीले जानकारी दिनुभयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.