वीरगन्ज, २८ पुस । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ११ को नयाँ वस्तीमा आवश्यक पूर्वाधार निर्माणको लागि स्थलगत निरीक्षण गर्नुभएको छ ।
वडा नम्बर ११ को सिर्सिया नदि नजिकैको नयाँवस्तीमा स्थलगत निरीक्षक गर्दा सडक ढलान र नाला निर्माण नहुँदा स्थानीयलाई समस्या भएको पाईएकोले महानगरपालिकाले निर्माण गर्ने महानगर प्रमुख सरावगीले बताउनुभयो ।
नयाँवस्तीको सडक ढलान र नाला निर्माण महानगरको श्रोतसाधनलाई परिचालन गरेर निर्माण गरिने नगर प्रमुख सरावगीले बताउनुभयो । महानगरपालिकाले उज्यालो अभियान र पूर्वाधार निर्माण लगायतका कामलाई प्राथामिकतामा राखिएको उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया