logo

महानगर प्रमुखद्वारा विपन्न दलितहरुलाई न्यानो कपडा वितरण 

      1/26/2021 गते 00 00 मा प्रकाशित     665   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले महानगरको वडा नम्बर ३१ का विपन्न दलित समुदायलाई न्यानो कपडा विपतरण गर्नु भएको छ ।

 

माघको दोश्रो सातामा पनि अझै चिसो बढ्दै गएको र गरिब विपन्नहरु बढी जोखिममा रहेकाले उनीहरुको जीवन रक्षाका गर्नकालागि कम्बल वितरण गर्नुभएको हो ।

 

महानगरपालिकाको वडा नम्बर ३१ बेलवाका मुसहर समुदायका ३५ जना विपन्न दलितहरुलाई महानगरपालिका प्रमुख सरावगीले कम्बल वितरण गर्नुभएको हो । कम्बल पाएपछि विपन्न दलित मुसहर समुदाय अत्यन्त हर्षित भएका थिए ।

 

उनीहरुले महानगरपालिकाका प्रमुख सरावगीले आफ्नो पदीय जिम्मेवारी मात्रै होईन मानवीय सेवाभाव पनि दर्शाएको उनीहरुले बताए ।

 

महानगरपालिकाका प्रमुख सरावगीले महानगरपालिकामै दलित मुसहर समुदायलाई कम्बल वितरण गर्नुभएको महानगरपालिकाको सचिवालयले जनाएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.