logo

धनुषामा एक उधोगपतीको हत्या , अनुसन्धानका क्रममा चार जना पक्राउ

      1/28/2021 गते 00 00 मा प्रकाशित     814   पटक पढिएको

 धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्र नगरमा एक जना ब्यवसायीको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो ।

 

रेग्मीको रक्ताम्य मृत शरीर कम्पनीको हातामै फेला परेको प्रहरीले जनाएको छ ।रेग्मीको टाउकोमा गम्भिर चोट लाग्नुको साथै शरीरबाट अत्यधिक रगत बगेको छ । बुधवार बिहान रेग्मीको शव फेला परेको प्रहरीले जनायो ।  

 


रेग्मी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका(७ चुआरेका बासिन्दा हुन् । उहाँ मंगलबार बिहान मात्रै घरबाट फर्किएका थिए । ‘राति १० बजेतिर उहाँले आफ्ना छोराछोरीसँग फोनमा कुरा पनि गर्नुभएको थियो ।


पाण्डेका अनु्सार प्रहरीले उठाएको मुचुल्कामा रेग्मीको टाउकोमा ७ इन्च लामो २ इन्च गहिरो घाउ रहेको उल्लेख छ ।

घट्ना शंकास्पद रहेको धनुषा प्रहरीले जनाएको छ । प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले पनि रक्ताम्य अवस्थामा पाण्डेको शव फेला परेको बताउनु भयो । उहाँले घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको बताउनु भयो  ।

 

 

प्रहरीले अनुसन्धानको क्रममा चार जनालाई गिरफ्तार गरेको छ । उनीहरुको बारेमा प्रहरीले अहिले केही पनि सर्वाजनीक गरेको छैन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.