logo

महानगरले लोककल्याणकारी बिज्ञापन मार्फत संचार माध्यमलाई  प्रर्वद्धन गर्ने नीति लिएको छः प्रमुख सरावगी

      1/29/2021 गते 00 00 मा प्रकाशित     1016   पटक पढिएको

बीरगंजबाट प्रकाशन प्रारमभ भएको कालिका टाइम्स दैनीकको आज उक समारोहवीच बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बिमोचन गर्नु भएको छ । 


कालिका टाईम्स प्रा‍.लि.वीरगंजद्वारा संचालित कालिका टाईम्स डटकम न्युज पोर्टलको दोस्रो बार्षिकोत्सवको अवसरमा कालिका टाईम्स दैनिक पत्रिकाको बिमोचन गरिएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख सरावगीले पत्रकारिता चुनौती पूर्ण क्षेत्र रहेको बताउँदै अगामी दिनमा कालिका टाईम्स दैनिक पत्रिकाले सत्य तथ्य समाचारहरुलाई उजागर गर्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रमुख सरावगीले कार्यविधि बनाएर बीरगंज महानगरले लोककल्याणकारी विज्ञापन बितरणको अवधारणा अगाडि सारेको बताउनु भयो । उहाँले लmोककल्याणकारी बिज्ञापनकालागि केही मापदण्डहरु तयार भएको र त्यो पुरा गर्ने संचार माध्यमलाई त्यो सुविधा प्राप्त  हुने बताउनु भयो । 
उहाँले संचारकर्मले जहिले पनि तथ्यका आधारमा निर्भिकतापूर्वक सत्यको पक्षपोषण गर्नु पर्नेमा जोड दिनु भयो । 

बीरगन्ज दरबार होटलमा आयोजित कालिका टाईम्स टडकम अनलाईनको दोस्रो बार्षिकोत्सव एवम् पत्रिका बिमोचन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहमद अन्सारी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी.लामिछाने नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, जनता समाजवादी पर्साका सचिव तबरेज अहमद, नेपाल पत्रकार महासंघ  पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोटे मगर, प्रेस युनियनको तर्फबाट क्रान्ति साह, संघिय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कालिका टाइम्सका सम्पादक शम्भु कुमार सुमनले सहजिकरण गरेको कार्यक्रममा कालिका टाईम्स डटकमका सम्पादक वृजलाल पासवानले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.