logo

ठोरीको आठघरेमा कृषि उपज संकलन केन्द्र निर्माण हुदै ,किसानको उत्पादनले सहजै बजार पाउने

      2/3/2021 गते 00 00 मा प्रकाशित     1026   पटक पढिएको

ठोरी गाउँपालिकाको आठघरेमा कृषि उपजको बजारीकरणकालागि संकलन केन्द्र निर्माण हुने भएको छ । संकलन केन्द्रले किसानले उत्पादन गरेको कृषि उपजको संकलन गरेर बजार सम्मको पहुच स्थापित गर्ने उद्धेश्य लिएको छ । 

 ग्रामीण क्षेत्रका किसानले उब्जाएका अन्नपात र तरकारी एकैस्थानमा संकलन र बिक्रीवितरण गर्ने उद्धेश्यले ठोरी गाउँपििलकाले कृषि संकलन केन्द्रको स्थापना गर्न लागेको हो।


संकलन केन्द्रमा ३६ वटा पक्की कोठा बनाइने छ । सो भवनको बुधवार शिलान्यास गरिएको हो । 


गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले ग्रामीण क्षेत्रका कृषकलाई व्यवसायिक खेतीमा अग्रसर बनाउन कृषि संकलन केन्द्रले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

 

बौद्ध धर्म संस्कृति अनुसार  भवनको शिलान्यास गरेका अध्यक्षले ठोरी क्षेत्रका किसानले आफुले गरेको कृषि उत्पादन बिक्री वितरण गर्न सहज हुने धारणा व्यक्त गर्नु भयो । सो अवसरमा उहाँले ठोरीलाई व्यवसायिक कृषिमा अगाडि बढाउन गापाले ल्याएका कार्यक्रमहरुको चर्चा गर्नु भयो । 


 कार्यक्रममा ठोरी  ४ का वडाध्यक्ष बई बहादुर पाख्रीन , नेकपा नेता हरि बहादुर सुनार , युवा नेता निमा लामा , सागर लामा , तारा पाख्रीन लगायत स्थानीयको समेत उपस्थिति थियो।


  आर्थिक वर्ष २०७७ र ७८ मा निर्माण सम्पन्न गर्ने गरी उपभोक्ता समिति मार्फत भवन निर्माण गर्न लागिएको गापाले जनाएको छ। कुल ६५ लाखको लागतमा निर्माण हुने कृषि संकलन केन्द्रमा सुविधासम्पन्न पक्की शौचालय समेत निर्माण हुनेछ।

 

यस अघि गत आर्थिक वर्षमा सोही ठाउँमा गापाले सुविधासम्पन्न २२ कोठे पक्की तरकारी बजार समेत स्थापना गरेको थियो। हरेक साताको मङ्गलबार हाट बजार लाग्ने उक्त स्थानमा गापाले एकैस्थानमा कृषिजन्य व्यवसाय सन्चालन र संकलन गर्न कृषि केन्द्र स्थापना गर्न लागेको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.