logo

हिन्दु धर्मसंस्कृतिको रक्षाको निम्ती एकजुट सह संघचालक  तिम्लसिनाको अपिल

      2/6/2021 गते 00 00 मा प्रकाशित     1052   पटक पढिएको

हिन्दु स्वयंसेवक संघ नेपालको स्वयंसेवक सम्मेलन वीरगन्जमा भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन संघका राष्ट्रिय सह संंघचालक एवं पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक कल्याण कुमार तिम्लसिनाले गर्नु भएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सह सघंचालक तिम्लसिनाले हिन्दुत्व र देशको लागि काम गर्नुपर्नेमा जोड दिनु भयो  । उहाँले भन्नु भयो , ‘जुन व्यक्तिमा देश र राष्ट्रभक्तीको भावना छैन त्यो  व्यक्तिको जन्म बेकार छ, त्यसैले आफूभित्र देशभक्तीको भावना हुनुपर्छ अनि मात्र सच्चा स्वयंसेवक बन्न सकिन्छ ।’

        पुर्खाहरुको उखान प्रस्तुत गर्दै उहाँले धर्म, संस्कृति हराए काशी जानु, न्याय हराए गोर्खा जानु, भन्दै धर्म संस्कार हराए हिन्दु स्वयंसेवक संघमा लाग्नु पर्छ किनभने संघले नै धर्म संस्कृति तथा संस्कार सिकाउँने काम गरेको बताउनु भयो ।

        सम्मेलनमा सहभागि हुने स्वयंसेवक प्रति नमन गर्दै उहाँले भन्नु भयो , ‘हिम्मत, आट, जोसजागर र विश्वास भएको कर्मठ योद्धाले मात्र संघमा आबद्ध हुन्छ र संघको विचारलाई विश्वरी नै फैलाउँने काम गरेको छ । संघ नेपालमा मात्र नभई विश्वको ५२ वटा देशमा फैलिएको छ । हिन्दुत्वको महत्वलाई पनि फैलाउँने काम गर्न सकिने उहाँले बताउनु भयो ।       मुलुकमा जनगणाको नाममा विभिन्न जातजातिलाई विभाजन गर्न खोजिएको छ, उहााले भन्नुभयो ,‘ हिन्दु भयो भने किरात, बौद्ध, जैन हुन पाईन्छ तर मुस्लिम भयो भने, मुस्लिम मात्र बन्न पाईन्छ किनभने, मुस्मिल धर्मले धर्ममात्र परिर्वतन हुदैन, नाम, जातपात सम्पूर्ण परिवर्तन हुन्छ । त्यसैले हिन्दुधर्म मात्र एउटा यस्तो धर्म हो जसले कसैको धर्ममाथि प्रहार गर्दैन ।’

मुलुकमा अहिले जबरजस्ती कृश्चिन तथा मुस्लिम धर्म परिर्वतन गर्ने काम भईरहेको छ । उहाँले भन्नु भयो , ‘अहिले हामीले आफनो धर्म संस्कृतिको जर्गेना गर्न सकेनौ वा हिन्दु धर्मका अनुवायीले आफनो धर्म संस्कृति अनुसारको व्यवहार र कार्य गरेन भने नेपालमा पनि धर्म संस्कृति मासिने छ ।’

उद्घाटन समारोह पश्चात हिन्दु स्वयंसेवक संघका स्वयंसेवकहरु गणवेशमा बाजागाजा सहित वीरगन्ज नगरक्षेत्रमा पथ संचालन (मार्चपास) निकालिएको थियो । ठाकुरराम बहुमुखी क्याम्पस शिक्षा विभागको मैदानबाट निकालिएको पथ संचालन घडिअर्वा, माईस्थान, घण्टाघर, आर्दशनगर, अलखियामठ, गणेशमान, विर्ता, मकालु होटल, कैलाश चोक हुदै पुन ठाकुररामको शिक्षा विभागको मैदानमा पुगि समापन भएको थियो ।

पथ संचालन हुने क्रममा महानगरवासीले गणवेशमा रहेका स्वयंसेवकहरुमाथि चोक चोकमा पुष्पबर्षा गरेर भव्य रुपमा स्वागत तथा सम्मान समेत गरेका थिए ।

संघका पर्सा जिल्लाका संघचालक ललन दुवेद्धीको अध्यक्षतामा भएको स्वयंसेवक सम्मेलनमा संघका राष्ट्रिय प्रचारक बेद प्रकाश, पशुपति शिक्षा मन्दिरका अध्यक्ष एवं उद्योगपति अशोक बैंध, संघका जनकपुर सम्भाग सहचालक अशोक शर्मा, जनजाती कल्याण आश्रमका महासचिव प्रेम थुलुङ्ग, विश्व हिन्दु परिषदका महासचिव जितेन्द्र सिंह, संगठन सचिव प्रहलाद रेग्मी, संघ प्रचारक रन्जीत साह लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.