सामाजिक सञ्जालको प्रयोग गर्दै ठगी गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहारको पूर्वी चम्मपारण जिल्ला थाना रक्सौल वडा नं. २ बस्ने राकेश कुमार र पर्सा जिल्ला बीरगन्ज वडा नं. २० बस्ने रामपुकार प्रसाद यादवलाई पक्राउ गरेको हो ।
उनीहरु बिरुद्ध सुनिल सेन्चुरीले महानगरीय प्रहरी अपराध महाशाखा टेंकू, काठमाण्डौमा उजुरी गर्नु भएको थियो । सोही उजुरीका आधारमा पर्सा प्रहरी कार्यालयबाट अनुसन्धान गर्दा ठगी कार्यमा सलंग्न रहेको उनीहरु पक्राउ परेका हुन ।
उनीहरुलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी अपराध महाशाखा टेकू काठमाण्डौमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले बताउु भयो ।
विभिन्न मिति र समयमा आई एम ओ तथा वास्टएप मार्फत चिठ्ठच परेको भन्दै प्रलोभन देखाइ ठगी गर्ने गरेको कुंवरले बताउनु भयो ।
श्रीनिवास साह तेलीको सिभिल बैंक लिमिटेडको खाता नं.०६८१०३३०९५५०१९ बाट रु.४९ हजार पाच सय ,रामपुकार प्रसाद यादवको ज्योति विकास बैंकको खाता नं. ०१२०१२०००८३१०५०००००१ बाट रु. १९ हजार पाच सय, राम पुकार प्रसाद यादवको प्राईम कमर्सियल बैंकको खाता नं. ०२९००२६९ पी.ई.बाट ५० हजार रुपैया र पुजा रिमालको ई सेवा आईडी बाट ३५ हजार सुरेश कुमार कापरको ई सेवा आईडी बाट ३० हजार गरी जम्मा १ लाख ८४ हजार रुपैया ठगी गरेको देखिएको हो ।
तपाईको प्रतिक्रिया