logo
Friday, 10 January 2025, 6:44:09 pm

बालबिवाह गरेको आरोपमा बेहुला र बेहुलाको पिता प्रहरी हिरासतमा

      2/27/2021 गते 00 00 मा प्रकाशित     674   पटक पढिएको

बाल बिवाह गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं १६, लक्ष्मीनारायण टोलमा  वीरगञ्ज १६ नगवाका १९ वर्षीय बेहुला गुड्डु सर्राफ र उनका  ४६ वर्षीय बुबा कन्हैया सर्राफलाई लाई फाल्गुण १४ गते गिरफ्तार गरेको छ । 

बालविवाह गरेको आरोपमा पर्साको वीरगन्जस्थित विवाह मण्डपबाटै बेहुला र उनका बुवा पक्राउ परेका हुन


बाल विवाह गरेको खबर आएपछि उनीहरुलाई १४ गतेपक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।

उहााका अनुसार दुवै जनामाथि थप अनुसन्धानका भइरहेको छ। थप अनुसन्धानका लाागि अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

बालविवाहसम्बन्धी कसूरमा दोषी ठहरिए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था रहेको छ।
२० बर्ष उमेर नपुगेका किशोर किशोरी वीचको विवाहलाई कानूनी रुपमा दण्डीत मानिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु