वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र विजयपथको संयुक्त साझेदारीमा बाल क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म दिवसको अवसरमा आईतबार वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी स्कुलमा आयोजित कार्यक्रममा सेस्मी स्कुलका कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत बालबालिकाहरुको सहभागिता रहेको थियो ।
क्यान्सर रोग विशेषज्ञ डा. रुपेश थापा क्षेत्रीले सचेतनामूलक प्रस्तुति दिएका थिए ।
यस्ता कार्यक्रमले समुदायमा बाल क्यान्सरबारे सचेतना जगाउन सहयोग पुग्ने लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट डेपुटी चिफ लायन आश्मा सिंह यादवको विश्वास छ ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस एरिया नम्बर ३ का प्रमुख लायन श्याम गुप्ता, डिष्ट्रिक्ट डेपुटी चिफ लायन आश्मा सिंह यादव, रिजन चेयरपर्सन लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सल्मा खातुन, लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीका अध्यक्ष लायन अशोक बेरिवाल, सुप्रिमका अध्यक्ष लायन पियुष दारुका, ह्यूमानिटीका अध्यक्ष लायन पशुपति भट्ट, डिजिटल मार्केटिङ्ग संयोजक लायन नरोत्तम पाण्डे, लायन प्रदीप अग्रवाल, लायन अंकित चौरसिया लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया