logo

यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा बीरगंजबाट दुई महिला सहित चार पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ माघ १८ गते ०९: ०५ मा प्रकाशित     952   पटक पढिएको

वीरगन्ज । होटलमा महिलाहरुलाई अश्लिल कार्य गर्न लगाएको आरोपमा पर्सा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

वीरगन्जको दुइटा होटलमा अश्लिल कार्य गर्न लगाएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ बस्ने मिरा कुमारी महतो, महोत्तरी भंगहा–२ टिकुलिया बस्ने सुक्राती चौधरी, ओखलढुंगा देयाले–५ निवासी दिपेश राई र भारत विहार राज्य जिल्ला छपरा थाना मडहौरा ग्राम पञ्चायत बरदहिया बस्ने मनेजर राय रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी टोलीले वीरगन्ज–१६ भन्सारस्थित होटल स्वस्तिका र रितेशबाट उनीहरुलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी सुवा भट्टले जानकारी दिए ।

उनका अनुसार यी दुइ होटलहरुमा यौनजन्य क्रियाकलाप हुने गरेको सूचना प्रहरीलाई आएको थियो । सोही बमोजिम होटलहरुमा छापा हान्दा चार जनालाई पक्राउ गरिएको उनको भनाइ छ ।

साथै प्रहरीले त्यस्ता कार्यमा संलग्न गराइएका दुइ जना महिलाको उद्दार समेत गरेको बताएको छ ।

पक्राउ परेकाहरुमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसूरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.