logo

हत्या आरोपी पक्राउ नपरेकोमा पीडित परिवारको गुनासो

      3/19/2021 गते 00 00 मा प्रकाशित     914   पटक पढिएको

१६ वर्षिया किशोरी रिंकी कुमारीलाई अत्यधिक औषधी सेवन गराई हत्या गरेको आरोप लागेका पोखरिया नगरपालिका वडा नं ९ चौकिया बैरियाका २४ वर्षिय असर्फी यादवलाई गिरफ्तार नगरिएको भन्दै मृतक किशोरीका बुबा ४० वर्षिय बाली मुखिया बीनले गुनासो गर्नु भएको छ । 

माघ ३० गते राती किशोरीको मृत्यु भएको थियो । राती असर्फीले भेटन बोलाको र गएरआएपछि उनको मृत्यु भएको बिनले बताउनु भयो । असर्फीलाई भेटेर आएपछि टाउको दुख्यो भनी बिस्तारै अवस्था बिग्रदै गयो पोखरिया अस्पताल लैजादै गर्दा मृत्यु भएको बीनले बताउनु भयो ।

 

गर्भपतन गराउनकालागि औषधी खुवाएर छोरीको कर्तब्य गरि ज्यान मारेको भन्दै इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा किटानी जाहेरी समेत दिएको बिनले बताउनु भयो । असर्फी १ वर्ष अघि मात्र बैदेशिक रोजगारबाट घर फर्किएका थिए । उनीहरुवीच १ वर्षदेखी नै प्रेम सम्बन्ध रहेको स्थानीयको भनाई छ ।

 

जात फरक परेकोले सम्बन्ध स्वीकार गर्न नसकेपछि यादवले औषधी खुवाएको स्थानीयको टिप्पणी रहेको छ । किशोरीको शव बीरगंजको नारायणी अस्पतालमा परिक्षण हुदा गर्भमा पाँच महिनाको बच्चा रहेको पुष्टि भयो । 


स्थानीयले गाउँमै समस्याको हल निकाल्ने कोशीस गरेका थिए । पीडित परिवारलाई केही लाख रकम दिएर मिलाउन खोज्दा सफल भएन ।

 

मिलाउने पंचायतीका बिषयमा प्रहरीले चाल पाएपछि प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको थियो ।  इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरक्षक दीपक थापाका अनुसार मुद्धा दर्ता भई अनुसन्धान भइरहेको छ । प्रतिवादी फरार रहेकोले उनको खोजीकार्य भइरहेको छिटै उनलाई कानूनी दायरामा ल्याइने थापाको भनाई छ ।

 
थापाका अनुसार मृतक किशोरीको भिसेरा र रगत आवश्य परिक्षणकालागि बिधि बिज्ञान प्रयोगशाला काठमाण्डौमा पठाइएको छ । त्यसको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने इन्सपेक्टर थापाले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.