सशस्त्र प्रहरीले सुक्खा बन्दरगाह, परवानीपुर सडकखण्ड अन्तर्गतको वीरगंज–२४ बहुअरीस्थित एउटा गोदामबाट ४५ गाठ कपडा बरामद गरेको छ ।
बिशेष सूचनाको आधारमा गोदामको ताला फोरेर ४५ गाठ कपडा बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताउनु भयो ।
सप्रनाउ बस्नेतले जिल्ला प्रशासन कार्यालय पर्साका श्रवण झा, वडाध्यक्ष दशरथ राउत कुर्मी, वप्रका श्रीपुरका प्रहरी निरिक्षक दीपक साहलगायतकोे रोहबरमा गोदामको ताला फोडेको र त्यहाबाट ४५ गाठ कपडा बरामद भएको बताउनु भयो ।
उहाँले गोदामधनीको खोजी भएको तर कोही सम्पर्कमा नआएपछि प्रक्रिया पु¥याएर ताला फोडिएको बताउनु भयो । बरामद समान वीरगंज भंसार कार्यालय चलान गरिएको उहाँले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया