पर्सा प्रहरीले अवैध हातहतियार र लागूऔषध ओसारपार तथा लुटपाटमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ ।
प्रहरीले उक्त कार्यमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एकजना प्रहरी जवानले उउनीहरुलाई सहयोग गर्ने गरेको समेत खुलेको जनाएको छ ।
पर्सा प्रहरीले बैशाख ८ गते बुधबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ निवासी २५ वर्षीय राजु राना मगरलाई अवैध हतियारसहित पक्राउ गरेपछि घटना बाहिरिएको हो ।
पक्राउ पर्ने अन्यमा रौतहट जिल्लाको सखुहवा नगरपालिका वडा नम्बर १ घर भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षीय प्रहरी जवान अवधेश प्रसाद यादव, वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्द प्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वडा नम्बर १५ बस्ने २४ वर्षीय नन्दन सिंह र ३१ वर्षीय रोशन सिंह रहेका छन् ।
पर्सा प्रहरीले बैशाख ८ गते बुधबारका दिन भारतको सीमावर्ती शहर रक्सौलबाट वीरगञ्ज आउँदै गरेका मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ निवासी २५ वर्षीय राजु राना मगरलाई १ थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने २ थान म्याग्जिनसहित पक्राउ गरेको थियो ।
बयान दिने क्रममा मगरले २० दिन पहिला काठमाडौँ बस्ने राम प्रजापतिसँग रक्सौल पुगेर डेढ लाख रुपैयाँमा २ थान स्वचालित पेस्तोल, ४ थान म्याग्जिन र लागूऔषध १र१ सय एम्पुल डाइजिपाम, नुर्फिन, फिनार्गन र १२ सय ट्याब्लेट निट्राभेट नाइट्रोभेट खरिद गरेको बताएका छन ।
तपाईको प्रतिक्रिया