बीरगंजमा कालोबजारी गरेको पाइपछि केही पसलहरुलाई कारवाही गरिएको छ । बीरगन्ज वडा नं. १२ स्थित मुख्य बजारमा रहेको नमन किराना गल्ला भण्डारलाई ५० हजार, घण्टाघर नजिक रहेको रक्षा भण्डार र माँ दुर्गा एण्ड पुनम बस्त्रालयलाई १०/१० हजार जरिवाना गरि कारवाही गरिएको हो ।
कालोबजारी गर्ने व्यापारीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम जरिवाना तिराइएको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त प्रमुख जित बहादुर भण्डारीले जानकारी दिनु भयो ।
वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र बीरगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधिसम्मिलित टोलीले बुधबार गरेको अनुगमनको क्रममा पसलहरुलाई कारावही गरिएको हो ।
निषेधाज्ञाको बहाना कालोबजारी गर्ने व्यापारीलाई निरन्तर अनुगमन गरेर कारवाही गरिने वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया