बीरगंजका लब्ध प्रतिष्ठित बरिष्ठ उधोगपति राम अवतार खण्डेलवालको ८२ वर्षको उमेरमा आज साँझ निधन भएको छ ।
बीरगंजको ब्यवसाय क्षेत्रमा जीवनको अन्तिम क्षण सम्म पनि क्रियाशिल खण्डलेवाल सबैका निम्ति प्रेरणाको स्रोत र सम्मानीत ब्यक्तित्वको रुपमा स्थापित हुनुहुन्थ्यो ।
बीरगंजको सामाजिक क्षेत्रमा उधोगीको क्षेत्रबाट पु¥याउनु पर्ने योगदानका निम्ति सदैव अग्रसर खण्डेलवालको निधनले बीरगंजले सामाजिक ब्यक्तित्व गुमाएको छ ।
उहालाई स्वास्थ्यमा समस्या देखिएपछि आजै नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो । साँझ उहाँको निधन भएको अस्पतालका प्रशासक बिष्णु पटेलले जानकारी दिनु भयो ।
खाद्य उधोग ,औषधी उत्पादन ,बैक तथा बित्तिय क्षेत्र लगायत दर्जन भन्दी बढी कारोवारमा संलग्न खण्डेलवाल ८२ वर्षको उमेरमा पनि ब्यवसायीक रुपमा सक्रिय रहनु भएको थियो ।
बीरगंजको वडा नं १० निवासी खण्डेलवालको निधिन प्रति बीरगंजका सबै क्षेत्रले दुःख ब्यक्त गरेका छन । सामाजिक संजाल मार्फत उहाँलाई स्मरण गरेका छन ।
तपाईको प्रतिक्रिया