logo

बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको छः प्रधानमन्त्री केपी शर्मा ओली

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १३ गते ०२: ३५ मा प्रकाशित     249   पटक पढिएको

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताएका छन् ।

 

लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको जानकारी दिए ।


साथै उनले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताए । प्रधानमन्त्री ओलीले संसारमा खतरनाक किसिमका हतियार निर्माण भएको छ, युद्धबाट युद्धले शान्तिको सम्भावना हुँदैन त्यसैले आजको सबैभन्दा बढी आवश्यकता शान्ति भएका कारण बुद्धका शिक्षाहरूको महत्त्व झन् बढ्दै गएको बताए ।


उनका अनुसार संसारमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्को तर्फ नेपालको अगुवाइमा गौतमबुद्धका महत्त्वपूर्ण विचारहरू शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताए ।

चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएका थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा ४० देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

एमालेले मधेशका ६० हजार कार्यकर्तालाई बिचारले सुसज्जीत बनाउन पार्टी स्कूल चालाउने

बर्दिवास । नेकपा एमालेले मधेश प्रदेशले बैचारिक प्रशिक्षणलाई बिशेष अभियानको रुपमा संचालन गर्ने भएको छ । पार्टी स्कूल बिभागले मधेशको बर्दिवासमा आयोजना गरेको स्कूल संचालन सम्बन्धी कार्याशालाले प्रशिक्षण अभियान संचालन गर्ने भएको हो ।

नेपालगंजमा पाँच लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

नेपालगञ्ज ।  बाँकेमा पाँच लाख भारतीय रुपैयाँसहित एक नेपाली र अर्को भारतीय गरि दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.