logo

एमालेको निजगढ अध्यक्षमा घलान निर्वाचित, आफनै निर्वाचन क्षेत्रमा मैनालीको बर्चस्वमाथि उठ्यो सवाल

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २२ गते ०९: ०२ मा प्रकाशित     991   पटक पढिएको

तस्विर फरक नेपाल .कम

 

निजगढ । नेकपा (एमाले) निजगढ नगर कमिटीले नयाँ नेतृत्व पाएको छ ।

अध्यक्ष पदमा तिलक घलान, उपाध्यक्षमा सम्झना थापा, सचिवमा थानेश्वर सापकोटा, उपसचिवमा पुरुषोत्तम भट्टराई निर्वाचित भएका छन् । त्यसैगरि उपसचिव (महिला) जानुका न्यौपाने निर्विरोध भएका छन् । ५० जना सदस्य वडाबाटै सहमति जुटेर निर्विरोध निर्वाचित भईसकेका छन् ।

दुई सय ९८ मतदाता रहेको निजगढमा दुई सय ८९ मत खसेको थियो ।

कसको मत कति

अध्यक्ष 
जयराम कुमार– ९५
तिलक घलान– १७९
उपाध्यक्ष 
जितबहादुर तामाङ्ग १००
सम्झना थापा लामिछाने–१६७
सचिव 
थानेश्वर सापकोटा– १८४
प्रेमबहादुर कार्की– ८५
उपसचिव 
पुरुषोत्तम भट्टराई–११५
विजय तिमल्सिना–५९
हरि बर्तौला–६१
सुरेश शर्मा–५

निजगढको पदाधिकारी निर्वाचनमा पार्टीको तर्फबाट त्यही क्षेत्रबाट प्रतिनिधि सभाको निर्वाचनमा बिजयी सांसद एमोले पोलिट ब्यूरो सदस्य अच्युत मैनालीको पक्षमा रहेका उम्मेदवारहरु परास्त भएका छन ।

 

बिजयी उम्म्दवारहरुलाई नेकपा एमालेका अर्का नेता पूर्व मन्त्री पुरुषोत्तम पौडेलको र उनको समुहको सर्मथन रहेको थियो । मध्य तराईका बिभिन्न महानगर उपमहानगरमा भएका निर्वाचनमा  मैनालीको सहुमले नराम्रो धक्क खादै आएको छ ।

 

जितपुर सीमरा उपमहानगरपालिकामा भएको निर्वाचनमा समेत मैनालीले सर्मथन गरेका नेताहरुले हारको सामना गर्नु परेको थियो । मधेशको एक मात्र महानगरमा पनि मैनालीलाई नेता मान्नेहरुले हारको सामना गर्नु परेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.