logo

नेपालले चीनविरुद्ध कुनै पनि गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन दिदैनः सभापति देउवा

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २२ गते ०९: १९ मा प्रकाशित     1132   पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीनविरुद्ध कुनै पनि गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पारेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपाल एक चीन नीतिमा अडिग रहेको बताएका हुन् । उनले भने, ‘नेपालको भूमि चीनको खिलाफ प्रयोग हुन दिइने छैन।’

 

कार्यक्रममा सभापति देउवाले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, संस्कृति, जलवायु परिवर्तन र वातावरणीय संरक्षणका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे।

 

‘म विश्वास गर्छु, चीनले आगामी दिनमा पनि नेपालको विकासमा थप सहयोग गर्नेछ,’ उनले भने, ‘आजको यो फोटो प्रदर्शनीले चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउनेछ र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछ।’

 

देउवाले नेपाल–चीन सम्बन्ध समानता, पारस्परिक हित र शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको बताए । साथै, दुई देशबीचको सांस्कृतिक र शैक्षिक सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको सहकार्यलाई प्रवर्द्धन गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे ।

‘नेपालले स्पष्ट रूपमा चीनसँगको मित्रता र चाइना पोलिसीलाई कायम राखेको छ,’ देउवाले भने, ‘म मित्रराष्ट्र चीनविरुद्ध नेपालको भूमि प्रयोग नहुने विश्वास दिलाउन चाहन्छु।

 

’ उनले नेपाल–चीन सम्बन्ध परापूर्वकालदेखि नै अटल, अमर र आपसी विश्वासमा आधारित रहेको पनि स्मरण गरे ।

 

 
 
प्रतिक्रिया

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.