logo

शोसक वर्गले संघीयता विरुद्ध षड्यन्त्र गरिरहेको  जनमत अध्यक्ष डा. राउतको दावी

 ईसीमाना सम्वाददाता     २०८२ बैशाख २८ गते ११: ०५ मा प्रकाशित     887   पटक पढिएको

वीरगंज । बिभिन्न पार्टी परित्याग गरि दर्जनौ ब्यक्तिहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।

 

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा आयो्जना गरिएको एकब कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा लगायत विभिन्न दल परित्याग गर्दै ति ब्यक्तिहरु जनमत पार्टीमा प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्नेहरु ति पार्टीका स्थानीय स्तरका नेता कार्यकर्ताहरु हुन । 


शनिबार जगरनाथपुर गाउँपालिका–५ मा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका शिवजी पटेल, राधेश्याम पटेल, भोला पटेल, ध्रुव गद्दी, नेकपा एमालेका ध्रुव राउत गद्दी, नइम राउत गद्दी, हिरालाल महरा तथा जसपाका  कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका हुन्।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले नवप्रवेशीहरूलाई गम्छा, फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै डा. राउतले सत्तारूढ दलहरू संघीय गणतन्त्रलाई समाप्त पार्न सक्रिय रहेको आरोप लगाए।

 

 उनले मधेशका युवाहरू संघीयताकै कारण सरकारी सेवा, प्रहरी, सेना लगायत क्षेत्रमा प्रवेश गर्न सफल भएको भन्दै अब शोसक वर्गले संघीयता विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरे।

उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, संगठन विभाग प्रमुख डा. जयकान्त राउत, पर्सा जिल्ला इन्चार्ज ओमप्रकाश सर्राफ, माधवप्रसाद सिंह, राजु गिरी, विनय यादव, नजमा खातुन, जीवन त्यागी लगायतका नेता–कार्यकर्ताहरूको उपस्थिति थियो।

कार्यक्रममा जनमत पार्टीले स्थानीय तहका प्रत्येक वडामा संगठन विस्तार र मजबूतीकरणको लागि रणनीति बनाएको जनाइएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.