logo

खयर लोड गरिएको ट्रक नियन्त्रणमा, निकुञ्जले चेकजाँच गर्दै, रक्षकहरु नै भक्षक भएको आरोप

 इसीमाना सम्वाददाता     २०८२ बैशाख ३० गते ०४: १८ मा प्रकाशित     1191   पटक पढिएको

                                                                                         फाइल तस्विर

 

वीरगंज । छुटपूर्जी भन्दा बढी काठका गोलिया लोड गरेको आशंकामा सशस्त्र प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । 

 

नियन्त्रणमा लिएको ट्रक भित्र भएको काठको बिषयमा चितवन राष्ट्रीय निकुञ्जबाट आएको टोलीले छानविन गर्ने भएको छ ।

 


काठको ब्यापार गर्ने अजमुदिन मिया र नुरहसन मियाले  ठोरी गाउँपालिकाको बिभिन्न ठाउँबाट  थोरै कटान पूर्जी बनाई धेरै काठ कटानी गरेको सूचनाका आधारमा प्ररीले ट्रकलाई छानविनकालागि नियन्त्रणमा लिएको हो ।

 

थोरै परिणामको छुटानी पूर्जी बनाई  ट्रक शिलबन्दी गरिएको स्रोतले दावी गरेको छ ।

 

 शिलबन्दी ट्रक माडी नारायणगढ हुदै भैरहवा लैजाने क्रममा ठोरीमै बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

ट्रक शिलबन्दी रहेको र कागजात पनि भएकोले निकुञ्जका प्रनितिधिले त्यसलाई परिक्षण गर्ने बताइएको छ । ट्रकमा नाप साइज बिना  लगतमा खयरजातका गोलिया अनुमती भन्दा बढी लोड गरिएको स्रोतको दावी छ । 


काठको काम कानूनी प्रवन्धको खिल्ली उडाउदै निर्धक्कतापूर्वक हुदै आएको छ ।

तस्कर र माफियाको जालोमा राज्यका संरचनाहरु नतमस्तक भएको स्रोतको दावी छ ।

स्रोतका अनुसार काठ तस्करलाई राजनीतिक नेताहरुको संरक्षण रहेको छ भने राज्य संयन्त्रका कर्मचारी इलाका बन ,जिल्ला बन प्रहरी सम्मले नाजायज नजरना लिएर तस्करलाई सहज बनाउदै आएको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.