logo

प्रेस चोतारी नेपाल मधेशका  संस्थापक अध्यक्ष महतको महाप्रस्थान, पत्रकार र जनसमुहद्वारा अन्तिम बिदाई

 इसीमाना सम्वाददाता     २०८२ जेठ १ गते ०७: ४० मा प्रकाशित     1150   पटक पढिएको

चन्द्रनिगाहपुर । रौतहटका स्थापित पत्रकार फणिदेव महतको मंगलबार साँझ निधन भएको छ। लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित महतको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

रौतहटको चन्द्रनिगाहपुर निवासी महत प्रेस चौतारी नेपाल, मधेस प्रदेशका संस्थापक अध्यक्ष तथा फोटो पत्रकार महासंघ मधेश प्रदेशका महासचिव समेत थिए।

 

पत्रकाNo photo description available.रिता क्षेत्रमा उनले निडर, निष्पक्ष र जनपक्षीय पत्रकारितालाई आफ्नो जीवनभर निरन्तरता दिँदै आएका थिए।

उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कर्मठ, सक्षम र सिद्धान्तनिष्ठ पत्रकार गुमाएको सञ्चारकर्मीहरूले बताएका छन्। प्रेस चौतारीसहित विभिन्न पत्रकार संगठनहरूले उनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

 

नेपाल पत्रकार महासंघले उनको पार्थिव शरीरमा महासंघको लोगो अंकित झण्डा ओढाएर सम्मान प्रकट गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति सयोजक, मधेशका अध्यष श्याम बन्जारा,रौतहटका अध्यक्ष संजयकार्कीले झण्डा ओढाएका थिए ।

 

त्यसैगरि प्रेस चौतारी नेपालका उपमहासचिव हरिबल्लव नेपाल, मधेशका इन्चार्ज अच्यूत पौडेल केन्द्रीय सदस्यहरु इन्दिप कोइराला ,रमेश तिमिलसीना, बख्तियार अली , प्रेमचन्द्र झा, रौतहटका अध्यक्ष अशोक पहाडी र सर्लाहीका अध्यक्ष अच्यूतम सापकोटाले प्रेस चौतारीको लोगो सहितको झण्डा ओढाएर संगठनको तर्फबाट सम्मान प्रकट गर्दै अनितम बिदाई गरेका थिए । 


नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले एक बिज्ञप्ति जारी गरी उहाँको निधनले एक कुशल मेशहनती निडर जुझारु एवं उर्जाशिल पत्रकार गुमाएको उल्लेख गरेको छ । संगठनका महासचिव रामप्रसाद दाहालद्वारा जारी बिज्ञप्ति मार्फत स्व.महत प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । 

स्व. महतको योगदानले मधेस प्रदेशको पत्रकारिता क्षेत्रमा विशेष प्रभाव पारेको थियो। उनका सहकर्मीहरूका अनुसार, उनी समाज परिवर्तनमा कलममार्फत सधैं सक्रिय रहने पत्रकार थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.