logo

कोरोना संक्रमणका कारण लहानका चिकित्सक र सप्तकोशी नपाका उपमेयर चौधरीद्वयको निधन

      5/18/2021 गते 00 00 मा प्रकाशित     516   पटक पढिएको

लहानका हाड तथा नशा रोगका चिकित्सक डा.मुकेश चौधरीको कोरोना भाइरसको सक्रमणका कारण निधन भएको छ । बिराटनगरको नोबेल अस्पतालमा उपचारकालागि भर्ना हुनु भएका डा. चौधरीको मंगलवार बिहान निधन भएको हो । 

 

 ३५ वर्षीय डा. चौधरीको अवस्था बिग्रेपछि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको आज विहान निधन भएको हो ।

 

लहान डाइग्नोस्टिक सेन्टरको संचालक डा. चौधरी  कोरोना महामारीमा पनि विरामीको उपचार गर्दै आएका कारण संक्रमित हुनु भएको थियो । उहाँको निधन प्रति  लहानका धेरै मानिसले दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल ामर्फत श्रद्धाञ्जली दिएका छन् ।

 


आज विहान मात्रै सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको पनि कोरोनाका कारण ज्यान गएको छ । पछिल्लो समय प्रदेश २ कोरोनाले नराम्ररी प्रभावित बनेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.