logo

सरकारी सञ्चारमाध्यमलाई संचारमन्त्रीको निर्देशन नेताको प्रचार नगर्नु, विकासको चर्चा गर्नु

 इसीमाना सम्वाददाता     २०८२ जेठ ५ गते ०४: ४९ मा प्रकाशित     1394   पटक पढिएको
काठमाडौँ ।  सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमलाई कुनै नेताहरुको प्रचार नगरी मुलुकमा भएका विकासको चर्चा गर्न आग्रह गरेका छन ।
 
सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) संस्थाले आज नेपाल टेलिभिजनमा ‘सार्वजनिक सेवा प्रसारण नेपाल रुपान्तरण बहसः विविधता, विशिष्टता, पहुँच, प्रभाव र प्रवर्द्धन’ विषयमा आयोजना गरेको छलफल कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणले नेपाली जनताको आवाज र जनताको प्रतिनिधित्व गर्ने हुँदा अबको कार्यदिशालाई समयसापेक्ष रुपान्तरण गर्न सुझाव दिएका छन ।
 
 
पिएसबीले उठान गर्ने मुद्दाहरुमा राष्ट्रिय एकताको भाव जगाउने, जनताको दुःख मर्कालाई उजागर गर्ने, समृद्धि र सुशासनमा जोड पुर्‍याउने खालका विषयवस्तु हुनुपर्ने मन्त्री गुरुङले बताए  । 
सरकारी मिडियाले नेताको प्रचार नगर्नू, विकासको चर्चा गर्नू : सञ्चारमन्त्री गुरुङ
 
रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले पाको भएर मात्रै चित्त बुझाउने बेला नभएको उल्लेख गर्दै उनले  अब युग अनुकूलको कार्य सम्पादन गरेर प्रतिस्पर्धामा उत्रिन सुझाव दिए  ।
 
मन्त्री गुरुङले भने, “रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले पाको भएर मात्रै पुगेन, अब समय अनुकूलको कार्य क्षमता प्रदर्शन गरेर अघि बढ्नुपर्छ ।” 
 
सरकारले गरेका गलत कार्यलाई सुधार गर्ने मार्गचित्रका रुपमा पिएसबी देखा पर्नुपर्ने उनको तर्क थियो । यद्यपि समाजमा राष्ट्रिय एकता र सद्भाव जगाउन र  समावेशी मुलुक बनाउनुपर्ने मन्त्री गुरुङले बताए  । संसारमा नेपालको पहिचान स्थापित गराउन ‘एनटिभी वल्र्ड’ सुरु गर्न पनि उनले सुझाव दिए  ।
 
सञ्चार सचिव राधिका अर्यालले पिएसबीको सही मोडल अनुसारका कार्य गर्न सुझाव दिइन । 
 
पिएसबीका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जनता पहिलो भन्ने भावका साथ पिएसबीका हरेक कार्यक्रम सिर्जना गरिने बताउँदै यसका लागि विज्ञहरुसँग छलफल गरिएको बताए  । नेपाल टेलिभिजन र रेडियो नेपाल अब जनताको आवाज मुखरित गर्न कटिबद्ध हुने उनको भनाइ थियो ।
–––

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.