logo

विवाहित प्रेमीकासंगको सम्बन्धका कारण  सर्लाहीको चन्द्रनगर गाउँपालिका कुम्हारको ज्यान गयो

 इसीमाना सम्वाददाता     २०८२ जेठ ५ गते ०५: १४ मा प्रकाशित     1171   पटक पढिएको

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डित कुम्हारको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको खुलेको छ । 

वैशाख २८ गते कुम्हार को हत्या भएको थियो । वैशाख ३० गते बिहान ८.३० बजे  मण्डलको शव फेला परेको थियो ।

एक बिवाहित महिला संगको प्रेम सम्बन्धका कारण कुम्हारको हत्या भएको खुलेको छ ।

 

अरविन्दलाई वैशाख २८ गते बिहान ईश्वरपुर नगरपालिका-६ मा रहेको फूलजोर बाबा मन्दिरमा भेट्न बोलाएर फूलजोर खोला नजिकै लगेर हत्या गरेको पाइएको सर्लाहीका प्रहरी उपरिक्षक  योगेन्द्रकुमार खड्काले जानकारी दिए ।


सर्लाही प्रहरीले उनको प्रेमिका नजिमा खातुन सहितका अभियुक्तलाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा  ईश्वरपुर नगरपालिका–६, चिरानटोलकी २५ वर्षीया नजिमा खातुन, नजिमाका श्रीमान २९ वर्षीय मोस्तकिम अन्सारी, ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अन्सारी, २५ वर्षीय कोनूर आलम अन्सारी र ५४ वर्षीय सलाउद्दिन अन्सारी रहेका छन् । पक्राउ परेका अभियुक्त सबै नातेदार हुन् । 

तीन सन्तानकी आमा नजिमासंग कुम्हारको लामो समयदेखी प्रम सम्बन्ध थियो । त्यतीमात्र होइन एक अर्कासंग सधै जीउने बाँचे बाचा गरेर गत वषको चैत १९ गते उनीहरु दुबेजना भागेका थिए ।

 

 गत बैशाखको २० गते नेपाल फर्किएका उनीहरु गाउँ समाजको पंचायती फैसलापछि आ आफनो घर फर्किएका थिए । तर कुम्हारले भने नजिमालाई घेट्न उनको घरमा आउजाउ गरिरहे ।

 

कुम्हारको यही हरकतका कारण अभिुक्तहरु उनको हत्या योजनामा लागे र कुम्हारको जीवन लिला समाप्त भयो ।


सोमवार प्रहरीले अभियुक्तलाई सार्वजनीक गर्दै  उनीहरुविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद लिएर अनुसन्धान भइरहेको  प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए । 

अहिलेसम्मको अनुसन्धानमा अरविन्दको मुख थुनेर हत्या भएको र हत्यामा कुनै हतियार प्रयोग नभएको पाइएको प्रहरीले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.