logo

विवाहित प्रेमीकासंगको सम्बन्धका कारण  सर्लाहीको चन्द्रनगर गाउँपालिका कुम्हारको ज्यान गयो

 इसीमाना सम्वाददाता     २०८२ जेठ ५ गते ०५: १४ मा प्रकाशित     545   पटक पढिएको

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डित कुम्हारको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको खुलेको छ । 

वैशाख २८ गते कुम्हार को हत्या भएको थियो । वैशाख ३० गते बिहान ८.३० बजे  मण्डलको शव फेला परेको थियो ।

एक बिवाहित महिला संगको प्रेम सम्बन्धका कारण कुम्हारको हत्या भएको खुलेको छ ।

 

अरविन्दलाई वैशाख २८ गते बिहान ईश्वरपुर नगरपालिका-६ मा रहेको फूलजोर बाबा मन्दिरमा भेट्न बोलाएर फूलजोर खोला नजिकै लगेर हत्या गरेको पाइएको सर्लाहीका प्रहरी उपरिक्षक  योगेन्द्रकुमार खड्काले जानकारी दिए ।


सर्लाही प्रहरीले उनको प्रेमिका नजिमा खातुन सहितका अभियुक्तलाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा  ईश्वरपुर नगरपालिका–६, चिरानटोलकी २५ वर्षीया नजिमा खातुन, नजिमाका श्रीमान २९ वर्षीय मोस्तकिम अन्सारी, ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अन्सारी, २५ वर्षीय कोनूर आलम अन्सारी र ५४ वर्षीय सलाउद्दिन अन्सारी रहेका छन् । पक्राउ परेका अभियुक्त सबै नातेदार हुन् । 

तीन सन्तानकी आमा नजिमासंग कुम्हारको लामो समयदेखी प्रम सम्बन्ध थियो । त्यतीमात्र होइन एक अर्कासंग सधै जीउने बाँचे बाचा गरेर गत वषको चैत १९ गते उनीहरु दुबेजना भागेका थिए ।

 

 गत बैशाखको २० गते नेपाल फर्किएका उनीहरु गाउँ समाजको पंचायती फैसलापछि आ आफनो घर फर्किएका थिए । तर कुम्हारले भने नजिमालाई घेट्न उनको घरमा आउजाउ गरिरहे ।

 

कुम्हारको यही हरकतका कारण अभिुक्तहरु उनको हत्या योजनामा लागे र कुम्हारको जीवन लिला समाप्त भयो ।


सोमवार प्रहरीले अभियुक्तलाई सार्वजनीक गर्दै  उनीहरुविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद लिएर अनुसन्धान भइरहेको  प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए । 

अहिलेसम्मको अनुसन्धानमा अरविन्दको मुख थुनेर हत्या भएको र हत्यामा कुनै हतियार प्रयोग नभएको पाइएको प्रहरीले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

नेपोभिट अन्तराष्ट्रिय आमन्त्रण फूटवलको उपाधी एपीएफको कब्जा

वीरगंज । सीमरामा हिजो सम्पन्न अन्तराष्ट्रिय महिला फूटवलको उपाधी बिभागीय टोली एपिएफले उचालेको छ ।

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.