logo

बटेश्वर गाउँपालिका कार्यालयमा अख्तियारको छापा,योजनाका कागजात निलम्वित लेखा प्रमुख पुरीको कब्जामा

 इसीमाना सम्वाददाता     २०८२ जेठ ६ गते ०४: ०४ मा प्रकाशित     427   पटक पढिएको

जनकपुरधाम  । धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले  छापा मारेको छ।

सामेवार आयोगले छापामारी गरि केही कागजात नियन्त्रणमा लिएको थियो . तर मंगलवार पनि छापा मार्न कार्यालय पुगेको आयोग टोलीलाई भने कर्मचारीले असयोग गरेका थिए ।

 सोमवार आयोगले लामो समयदेखि अलपत्र अवस्थामा रहेका तथा ‘सेटिङ’मार्फत ठेक्का दिइएका योजनासम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको थियो।

 

मंगलवार कार्यालय पुगेको आयोग टोलीले  योजनासम्बन्धी फाइलहरू खोजेको थियो । तर कार्यालयका कर्मचारीले फाइल राखिएको दराजको साँचो निलम्बित लेखा अधिकृत सुमन पुरीसँग भएको भन्दै फाइल दिन असहयोग गरेका थिए। पुरीविरुद्ध यसअघि नै  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भइसकेको छ।

 

चार वर्षदेखि अधुरो अवस्थामा रहेको वडा नं- १ स्थित लक्ष्मी माध्यमिक विद्यालयको भवन, गाउँपालिका कार्यालय अगाडिको महादेव मन्दिर, र अन्य आधा दर्जनभन्दा बढी योजनाका फाइल अख्तियारले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

 

 अख्तियारले फेला पारेका कागजातको विस्तृत विश्लेषणपछि थप अनुसन्धान अगाडि बढाइने जनाइएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

बलात्कार पीडित महिलाको चित्कार, अदालतबाट पनि न्याय नपाए बिष पिएर मर्छु

रौतहट  । रौतहटको राजपुर नगरपालिका–३ बलुवा गाउँकी ३० वर्षीया दलित महिलाले न्यायको माँग गरेकी छिन । एउटा भिडियो सन्देश मार्फत उनले न्यायको माँग गरेकी हुन ।

ठेकेदार कम्पनी ,दैनीक २ लाख जरिवाना तिर्दै काम गर्दै ,कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.