निषेधाज्ञाको कारण गासको समस्या भएका नागरिकलाई निशुल्क भोजन दिदै आएका संस्थाहरुलाई पनि सहयोग उपलब्ध हुदै आएको छ ।
ज्यानलाई जोखिममा राखेर बिरामीको उपचार तथा अन्य ब्यवस्थापनमा खटिएका नारायणी बयोधा अस्पतालका कर्मचारीहरुले आफनो खाजा खर्च जोगाएर पनशुल्क भोजन संचालन गर्दै आएका संस्थालाई खाद्य समाग्री उपलब्ध गराएका छन ।
अस्पतालमा कार्यरत कर्मचारीहरुले आफ्नो खाजा खर्च जोगाएर संकलन गरिएको रकमले निषेधाज्ञाको समयमा भोकाहरुलाई निस्शुल्क भोजन अभियान चलाईरहेका दुई संस्थालाई चामल, तेल लागयतका खाद्य समाग्री सहयोग गरिएको अस्पतालका प्रशासक बिष्णु पटेलले जानकारी दिनु भयो ।
वीरगञ्जमा विगत तीन हप्तादेखि जारी निषेधाज्ञाबाट प्रभावित श्रमजीवीलाई निशुल्क भोजन अभियान चलाइरहेका साहिब दरबार सेवा संस्थालाई ७ बोरो चामल १ कार्टुन तेल र द् हन्ड्रेड ग्रुपलाई ३ बोरा चामल र १ काटुृन तेल उपलब्ध गराएको प्रशासन प्रमुख पटेलले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया