logo

सीमा क्षेत्रबाट हुने चोरी निकासीलाई नियन्त्रण गर्न गृहमन्त्री लेखकको सुरक्षा निकायलाई कडा निर्देशन

 इसीमाना सम्वाददाता     २०८२ जेठ ९ गते ०७: २५ मा प्रकाशित     729   पटक पढिएको

जनकपुरधाम ।  गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशको सीमा क्षेत्रबाट हुने चोरी निकासीलाई कडाईकासाथ नियन्त्रण गर्न मधेशका सुरक्षा निकायलाई निर्देशन दिएका छन ।


उनले सीमा सुरक्षा अवैध चोरी निकासी भंसार राजस्व छली नियन्त्रणलाई चुनौतीका रुपमा औल्याएका छन ।

मन्त्री लेखकले जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा  सीमा सुरक्षामा सरकारले गम्भीरतामा जोड दिएको बताए । उनले सुरक्षा निकायलाई लागूऔषध नियन्त्रणका लागि कडा निर्देशन दिए । 

गृहमन्त्री लेखकले लागूऔषध दुर्व्यसनले सवारी दुर्घटना, आत्महत्या र साइबर अपराध जस्ता घटनाहरू बढाएको बताए । ‘लागूऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुन्छ।

 

 यसले मानिसलाई डिप्रेसनमा पुर्‍याउँछ र आत्महत्या गर्न बाध्य बनाउँछ। परिवारमा तनाव बढ्छ, र कहिलेकाहीँ यसले परिवारका सदस्यको ज्यानै समेत लिन सक्छ।


मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले पनि यहाँ थप सतर्कता अपनाउन आवश्यक छ । समस्यालाई के कसरी रोकथाम गर्न सकिन्छ, त्यसतर्फ पनि सुरक्षा निकायलाई  गम्भीरतापूर्वक लाग्नु उनले निर्देशन दिए । 

 

लागूऔषध सेवन गरेर डिजिटल प्लेटफर्ममा घृणात्मक अभिव्यक्ति लेख्दा साइबर अपराध हुन्छ,’ लेखकले यी सामाजिक समस्याहरू एकअर्कासँग जोडिएको बताउँदै लागूऔषध नियन्त्रण नै यी सबै समस्याको समाधानको मूल जड रहेकोमा जोड दिए ।


कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रहरी प्रशासन चलाउने अधिकार प्रदेशलाई दिनुपर्ने जोडदार माग गरे ।

 

 उनले केन्द्रले प्रहरी खटाउने तर त्यसको जवाफदेहिता प्रदेशसँग माग्नु अन्यायपूर्ण हुने तर्क गरे । मन्त्री लेखीले संघले विनियोजन गरेको बजेट अपुग भएको बताउँदै बजेट खर्च गर्न नसक्ने प्रदेशका मन्त्रालयहरूको बजेट कटौती गरेर खर्च गर्न सक्ने मन्त्रालयहरूलाई विनियोजन गर्नुपर्ने माग राखे ।

 

गोष्ठीको अध्यक्षता मधेश प्रदेशका मन्त्री राजकुमार लेखीले गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री सतीशकुमार सिंह, गृह सचिव गोकर्णमणि दवाडी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका प्रमुखहरूका साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूको पनि उपस्थिति थियो। मधेश प्रदेशका आठवटै जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीहरू पनि उपस्थित थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.