नेपालगंजमा पाँच लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ
इसीमाना सम्वाददाता
२०८२ जेठ १६ गते ०५: ४९ मा प्रकाशित
1195 पटक पढिएको
नेपालगञ्ज । बाँकेमा पाँच लाख भारतीय रुपैयाँसहित एक नेपाली र अर्को भारतीय गरि दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल–भारत सीमा क्षेत्र रुपैडिहा हुँदै नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई जाँच गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले भारतको उत्तर प्रदेश राज्यका लखनऊ निवासी ४० वर्षीय नीरज चौरसिया र दाडको पुरन्धाराकी २६ वर्षीया साइना नेपालीलाई आज राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको बताउनुभयो ।
पक्राउ परेकाहरूबाट भारतीय रुपैयाँ ५०० का ६०० सय थान र २०० का १ हजार थान गरी कुल पाँच लाख भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
साथै युपी ३२ एलबी ६३८९ नं को सुजुकी गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।
वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
तपाईको प्रतिक्रिया