logo

मधेश सरकारको देखीने काम,तीन सय बीस किमी कालोपत्रे सडकको प्रम ओलीले शिलान्यास गर्ने

 इसीमाना सम्वाददाता     २०८२ जेठ १७ गते ०१: १८ मा प्रकाशित     1211   पटक पढिएको
जनकपुरधाम । मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको तयारी पूरा भएको छ।
 
मधश सरकारका भौतीक पूर्वाधार मन्त्री सरोज यादवले नयाँ सडक निर्माणका लागि आवश्यक सबै प्रशासनिक प्रक्रिया पूरा भइसकेको बताए ।
 
३ सय २० किलोमिटर कालोपत्रे सडक निर्माणकालागि  १३ अर्ब ५० करोड रुपियाँ विनियोजन गरिएको छ ।  
मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजना शिलान्यासको तयारी पूरा
 
यसले ग्रामीण क्षेत्रलाई शहर संग जोड्ने र स्थानीय विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १८ गते (आईतबार) जनकपुरधामबाट यस योजनाको डिजिटल शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
 
यस योजनाअन्तर्गत मधेश प्रदेशका ६४ वटै प्रदेशसभाका निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले कुल ३ सय २० किलोमिटर कालोपत्रे सडक निर्माण गरिनेछ।
 
 
भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले यो योजना मन्त्रालयको मात्रै नभई सम्पूर्ण मधेश प्रदेशबासीको भएको बताएका छन्। उनले यो योजनालाई प्रदेशको गौरबको योजना भएको समेत बताए ।
 
 
प्रदेश सरकारहरुले एकै पटक करिव १४ अर्वको लागतको योजनाको शिलान्यास गर्ने यो पहिलो कार्यक्रम पनि हो ।  यस अघि प्रधानमन्त्री के.पी.ओली हुदा नै स्वास्थ्य केन्द्र सहित अन्य योजनाहरुको डिजिटल शिलान्यास भएको थियो ।
 
 
मधेश प्रदेश सरकारको यो योजनालाई पनि महत्वपूर्ण र सरकारको देखिने कामको रुपमा मधेशवासीले बुझेका छन ।  
 
यस सडक निर्माणबाट कृषि उत्पादन बजारसम्म पुर्याउन सजिलो हुने, आपतकालीन सेवा सहज हुने, रोजगारी सिर्जना हुने, व्यापार, पर्यटन तथा स्थानीय उद्योगधन्दा प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ।
 
 
शिलान्यास कार्यक्रम जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजना हुने मन्त्री यादवले जनाएका छन । 
 
मन्त्री यादवले यस्ता योजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। यस योजनाले जनतालाई प्रत्यक्ष लाभ पुर्याउने भएकाले सन्देशमूलक बनाउन जरुरी रहेको उनको भनाइ छ।
 
Govt's priority: 'Buddhisingh road as alternative to Prithivi Highway'
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.