logo

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

 इसीमाना सम्वाददाता     २०८२ जेठ २० गते ०२: २८ मा प्रकाशित     1147   पटक पढिएको

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

 

 जेठ १७ देखि १९ सम्म काठमाडौंमा सम्पन्न अधिवेशनले डा.  पौडेलको अध्यक्षतामा ९९ सदसिय नयाँ कार्य समिति गठन गरेको हो। नव गठित समितिको  उपाध्यक्षमा अमृता बराल , रामहरि ढकाल निर्वाचित भएका छन ।

 

यसैगरी महासचिवमा भीमराज सिंह र सचिवमा पर्साका हरेन्द्र यादव, अनुप सिंह क्षेत्री, चन्द्र बहादुर सुनार,रुपा केसी निर्वाचित भएका छन ।

 

 यस्तै खुला केन्द्रीय सदस्यमा नहर्व खुर्वा दोर्जे, डा. छितिज वराकोटी, भरत वोहरा, हरि प्रसाद काफ्ले, प्रभुनारायण ठाकुर, हिमाल सिंह ठकुरी कमल पाण्डे, डा कालु सिंह खत्री, नबराज पौडेल र रुपेश चापागाई सहित ९० जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । 

 

सचिवमा पर्साका हरेन्द्र यादव


राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट सचिवमा पर्साका हरेन्द्र यादव निर्वाचित भएका छन ।  वीरगंज २३ प्रसौनी बिर्ता घर भएका यादव बिगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका छन ।

 

सचिव पदमा निर्वाचित भएका यादवले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफु तत्पर रहने बताए ।स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका यादवले संगठनलाई अझै बलियो र प्रभावकारी बनाएर लैजाने प्रतिक्रिया दिए ।

 

भारतको बैंगलोरबाट फार्मेसी सम्बन्धि उच्च शिक्षा हासिल गरेका यादव व्यवस्थापन र औषधी बनाउने काममा  निकै दक्ष मानिन्छन । राष्ट्रिय सभा गृहमा सम्पन्न अधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.