logo

मधेशका मुख्यमन्त्रीको प्रेस सल्लाहकार कर्ण बाहिरिएसंगै झा को प्रवेश

 इसीमाना सम्बाददाता     २०८२ जेठ २० गते ०९: २१ मा प्रकाशित     1365   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको प्रेस सल्लाहकारबाट पत्रकार अनिल कर्णले राजीनामा दिए लगतै पत्रकार अवधेश झा प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ निवासी झालाई मुख्यमन्त्री सिंहले मंगलबार प्रेस सल्लाहकारको जिम्मेवारी दिएका हुन्।

 

झा विगत २५ वर्षदेखि मधेशको राजनीतिक, सामाजिक तथा विकासका विषयमा कलम चलाउँदै आएका अनुभवी पत्रकार हुन्।

मुख्यमन्त्रीको सचिवालयका अनुसार झाको दीर्घ पत्रकारिता अनुभव र मधेशप्रति गहिरो समझदारीका आधारमा उनी प्रेस सल्लाहकारको भूमिकामा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

 

झा उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी निकट पत्रकार मञ्चको महासचिवका रुपमा क्रियाशिल थिए । उनले सो पदबाट चार दिन अगाडि राजीनामा दिएका थिए । 


उनको नियुक्तिले मुख्यमन्त्रीको सचिवालय र सञ्चार माध्यमबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। साथै, प्रदेश सरकारका नीति तथा कार्यक्रमहरू जनस्तरसम्म पुर्‍याउन र सञ्चार माध्यमहरूसँग सुमधुर सम्बन्ध विकास गर्न झाको अनुभवले मद्दत पुग्ने अपेक्षा गरिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.