logo

योजना खरिद बिक्रीको बिषयमा संसदीय छानविन हुने भएपछि प्रदेश सभाको गतिरोध अन्त्य,भोली नीति तथा कार्यक्रम पेश हुने

 इसीमाना सम्वाददाता     २०८२ जेठ २२ गते ०८: ३८ मा प्रकाशित     1002   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशमा विकास योजनाहरूको खरिदबिक्रीको आरोपमा छानबिन गर्न विशेष संसदीय समिति गठन गरिएको छ।

प्रतिपक्षी दलहरूको लामो समयदेखिको दबाबपछि प्रदेश सरकार छानबिनका लागि तयार भएको हो। प्रदेशसभामा सत्तारुढ र प्रतिपक्षी दलबीचको सहमतिपछि सभामुख रामचन्द्र मण्डलले आजको प्रदेशसभा बैठकमा यो छानबिन विशेष समितिको घोषणा गरेका हुन्। उनले सदनमा विकास योजना तथा कार्यक्रमहरूमाथि प्रश्न उठेपछि समिति बनाइएको जानकारी दिए।

समितिमा सांसदहरू केशव राय, कुमरकान्त झा, किरण कुमारी, शम्भु कुमार साह, रहबर अन्सारी, रमिता प्रधान, कनिष्क पटेल, उर्मिलादेवी सिंह, कञ्चन विच्छा र विमला अन्सारी रहेका छन्।

चालू आर्थिक वर्षमा मन्त्रीहरूले सचिवालयमार्फत दलालहरूलाई योजना बेचेको भन्दै प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रले प्रदेशसभा बैठक पटकपटक अवरुद्ध गर्दै आएका थिए। यसअघि सभामुखले समिति गठनका लागि ‘रुलिङ गरेको झन्डै दुई महिना बितिसक्दा पनि कुनै प्रगति नभएको भन्दै बुधबारको प्रदेशसभा बैठक पनि प्रतिपक्षी दलले अवरुद्ध पारेको थियो। 

समिति बने संगै अब मधेश प्रदेश सभाको अर्को बैठक शुक्रबार बस्ने छ । मधेश प्रदेश सरकारले सोही बैठकमा  नीति तथा कार्यक्रम ल्याउँदै छ ।

मधेश प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाइएको छ । पहिलाको भन्दा फरक नीति तथा कार्यक्रमहरू ल्याउन लागिएको हो ।

प्रदेश सरकारले विशेषत शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा व्यवसायीकरण गर्ने काम प्राथमिकतामा राखेको छ । आन्तरिक उत्पादन बढाउँदै युवाहरूको रोजगारीलाई प्राथमिकतामा राखेर योजनाहरू तयार पारिको छ 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.